शिक्षा तथा खेलकुद मन्त्रालयको १०० दिनः यी हुन् मुख्य कार्य र सुधारका प्रयासहरू
सारांश
- शिक्षा तथा खेलकुद मन्त्रालयले सरकार गठनको पहिलो १०० दिनमा सेवा प्रवाह सुदृढीकरण, नीतिगत सुधार र खेलकुद विकासमा विभिन्न प्रयास गरेको छ ।
- यस अवधिमा परीक्षा नतिजा समयमै प्रकाशन, वैदेशिक अध्ययन अनुमति प्रणाली सुधार, कक्षा ५ सम्म निरन्तर मूल्याङ्कन प्रणाली कार्यान्वयन, र विश्वविद्यालयमा दलीय हस्तक्षेप घटाउने प्रयास गरिएका छन् ।
- खेलकुदतर्फ राष्ट्रिय प्रतियोगिता आयोजना, खेलाडीको स्वास्थ्य उपचार सम्झौता र अन्तर्राष्ट्रिय सहभागिता सुनिश्चित गरिएको छ ।
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले नयाँ सरकार गठनको पहिलो १०० दिनको अवधिमा सम्पादन गरेका कार्यहरूको विवरण सार्वजनिक गरेको छ ।
यस अवधिमा मन्त्रालयले सेवा प्रवाहमा सुदृढीकरण, नीतिगत सुधार र खेलकुद विकासका क्षेत्रमा विभिन्न सुधारात्मक प्रयासहरू अघि बढाएको जनाएको छ ।
सम्पादित कार्यहरूअन्तर्गत माध्यमिक शिक्षा परीक्षालगायतका परीक्षा नतिजाहरू तोकिएको समयसीमाभित्र प्रकाशन गर्ने अभ्यासको थालनी, वैदेशिक अध्ययन अनुमति प्रणालीमा अनलाइन तथा अन्तर आबद्धता सुधार, र कक्षा ५ सम्म निरन्तर मूल्याङ्कन प्रणालीको कार्यान्वयनजस्ता शैक्षिक सुधारका कार्यहरू प्रारम्भ गरिएका छन् ।
यसैगरी, विश्वविद्यालयहरूमा दलीय हस्तक्षेप न्यून गर्ने प्रयास, विपद् प्रभावित क्षेत्रका विद्यालयहरूको भौतिक पुनर्निर्माण, र प्राविधिक शिक्षाका माध्यमबाट लक्षित वर्गका लागि रोजगारमुखी तालिम सञ्चालन गरिएका छन् । खेलकुदतर्फ राष्ट्रिय प्रतियोगिताहरूको आयोजना, खेलाडीहरूको स्वास्थ्य उपचार सम्झौता र अन्तर्राष्ट्रिय खेलहरूमा सहभागिता सुनिश्चित गरिएको छ ।
मन्त्रालयका अनुसार यी प्रयासहरूले प्रशासनिक प्रक्रियालाई व्यावहारिक बनाउन र शैक्षिक क्षेत्रमा देखिएका कतिपय नीतिगत जटिलताहरू फुकाउन मद्दत पुर्याएका छन् । आगामी दिनमा यी नीतिगत तथा संरचनागत सुधारहरूलाई निरन्तरता दिँदै थप व्यवस्थित बनाउँदै लैजाने मन्त्रालयको योजना रहेको छ ।
शिक्षा मन्त्रालयको सयदिने उपलब्धि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिनभर विराटनगरको अनुगमन सकेर धरान लागे गृहमन्त्री गुरुङ
-
सशस्त्र प्रहरीका ७१ जना डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)
-
चेतना पौडेलको गिरफ्तारी प्राकृतिक चिकित्सामाथिको प्रहार भएको संघको दाबी
-
यूएस ओपन मार्सल आर्ट्स च्याम्पियनसिपमा सुमनलाई कांस्य पदक
-
शारीरिक सुगठनमा विनुलाई दोहोरो पदक
-
विप्लव समूहबाट बाहिरिएका नेताहरूको नेतृत्वमा नेकपा पुनर्गठन, रुपन्देहीमा शरद वली इन्चार्ज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण