घनश्याम भुसालमाथि कारबाही होला ?
नेकपा (एमाले)भित्र नेता घनश्याम भुसालमाथि अनुशासन आयोगले कारबाहीको सिफारिस गरेसँगै पार्टीभित्र तरंग पैदा भएको छ । नेता भुसालले स्थानीय तहको निर्वाचनको परिणामलाई लिएर पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने अभिव्यक्ति दिएका थिए ।
उक्त अभिव्यक्ति पार्टी हितविपरीत रहेको भन्दै आइतबार बसेको केन्द्रीय कार्यालयको बैठकमा अनुशासन आयोगले पार्टी नेतृत्वसमक्ष नेता भुसाललाई कारबाही गर्न सिफारिस गरेको छ ।भुसालबाट अनुशासन उल्लंघन भएको भन्दै अनुशासन आयोगका अध्यक्ष केशव बडालले केन्द्रीय कमिटीसमक्ष कारबाहीका लागि सिफारिस गरेका छन् ।
भुसाललाई कारबाही गर्न सिफारिस गरेपछि एमालेभित्रै पनि केही नेताहरूले उक्त सिफारिसको आलोचना गरिरहेका छन् । पार्टी एकता प्रक्रियामा रहेका ११ जना नेताहरूले पार्टीलाई एकतावद्ध बनाएर लैजान र कारबाहीका नगर्न अध्यक्ष ओलीलाई दबाब दिँदै आएका छन् । भुसाललाई अनुशासनको कारबाहीको सिफारिस गरेपछि आज सोमबार पार्टीको सचिवालय बैठक बोलाइएको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७ लाख ६१ हजार मेट्रिकटन खाद्यान्न उत्पादन
-
अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध
-
क्वाटरफाइनल प्रवेशका लागि क्यानडा र मोरक्को आमनेसामने
-
पोर्चुगलको जङ्गलमा डढेलो, नियन्त्रणका लागि सयौँ अग्नि नियन्त्रक सक्रिय
-
दर्ता प्राप्त चिकित्सकले मात्र रेडियोलोजी सेवा दिन पाउने कानुनी व्यवस्था पालना गर्न माग
-
काठमाडौँसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण