मंसिरमै प्रदेश र प्रतिनिधि सभा निर्वाचन हुन्छ : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी मंसिर महिनामा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन हुने बताएका छन् । सोमबार बर्दियामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले गठबन्धन र प्रमुख प्रतिपक्षसँगको छलफलका क्रममा कात्तिक अन्तिम साता वा मंसिर पहिलो साता गर्ने भन्ने विषयमा कुराकानी भइरहेको बताए ।
‘हामीले गठबन्धनभित्र कुरा गर्दा संसदीय निर्वाचन आगामी मंसिरको पहिलो हप्ता वा कात्तिकको अन्तिम गर्नुपर्छ भनेका छौ । प्रमुख प्रतिपक्षको कुरा पनि त्यही छ’, पुर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘छलफल गर्दा मंसिरको पहिलो हप्तामा नै उपयुक्त हुने प्रधानमन्त्रीसँग पनि हाम्रो छलफल भएको छ ।’
उनले स्थानीय निर्वाचन एकै चरणमा सम्पन्न भएकाले संसदीय निर्वाचन त्यो भन्दा सहज हुने भएकाले एकै चरणमा गर्ने बारेमा छलफल भइरहेको बताए । ‘एकै चरण वा दुई चरणमा कसरी गर्ने ? भन्ने छलफल भइरहेको छ जे भएपनि मंसिरमा नै चुनाव हुन्छ’, प्रचण्डको भनाइ छ ।
अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचन मुलभूत रुपमा सफल भएको पनि बताए । ‘यो निर्वाचनमा कसले कति जितेहारे भन्दा पनि संविधान कार्यान्वयनका सवालमा महत्वपुर्ण हो’ प्रचण्डले थपे, ‘निर्वाचन सम्पन्न हुने कुरा नै महत्वको छ ।’
उनले पोहोर सालसम्म आफुहरुलाई संविधान, लोकतन्त्र समावेशी समानुपातिकमाथि नै हमला हुने हो कि ? डर लागेको भन्दै तर स्थानीय निर्वाचन सम्पन्न भएपछि अव संघीयता सुदृढ भएको बताए । उनले अव कसैले चाहेर पनि संघीयता नहल्लिल्ने दावी गरे । ‘यसको जरा धर्तीमा मजबुतसँग गाडिएको छ । जनताको बिचमा राम्रोसँग स्थापित भएको छ । जित जनता र परिवर्तनका एजेण्डाको भएको छ । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हुन्छ ३० दिनसम्म दैनिक ओखर खाँदा ?
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पुरुषमा यो हो हार्ट अट्याकको पहिलो लक्षण
-
के एमबाप्पेको पेनाल्टी शैलीमै समस्या आएको हो ?
-
मधेसमा बढ्दो मानसिक स्वास्थ्य सङ्कट, उपचारभन्दा अझै अन्धविश्वासमा भरोसा
-
काभ्रेको नमोबुद्धमा खाद्यको अनुगमन: भान्छामा भेटियो साङ्लादेखि अखाद्य वस्तुसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण