जिसस रुपन्देहीमा काँग्रेसलाई साना दलको साथ
सोमबार, ३० जेठ २०७९, १६ : ११
जिल्ला समन्वय समिति रुपन्देहीको निर्वाचनको लागि नेपाली काँग्रेसलाई साना दलहरूले साथ दिने भएका छन् । आगामी असार ४ गते हुने चुनावमा काँग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी, जनता प्रगतिशील पार्टीबीच गठबन्धन हुने भएको हो । नेकपा एमाले भने एक्लै निर्वाचन लड्ने भएको छ ।
जिल्ला समन्वय समितिको चुनावका लागि ३२ मतदाता रहेका छन् । जितको लागि १७ मत आवश्यक पर्ने छ । काँग्रेस नेतृत्वको गठबन्धनसँग २० मत रहेको छ । यो गठबन्नधन कायमै रहेमा काँग्रेसको जित निश्चित रहेको छ । काँग्रेससँग १४, लोसपासँग ३, जसपासँग १ र जनता प्रगतिशील पार्टीसँग २ मत छ । त्यस्तै एमालेसँग ११ मत मात्र रहेको छ भने १ मत रहेको राप्रपाले उम्मेदवारी दिएको छैन। जिससको प्रमुखमा गठबन्धनबाट काँग्रेसका उमाकान्त चपाई र उपप्रमुखमा लोसपाकी रामकिर्पाल धोबी उम्मेदवार बनेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओझेलमा परेका पर्यटकीय क्षेत्रको प्रवर्द्धन हुँदै
-
‘गालीमा हिरो’ बन्यो सरकार, सुशासनको नाममा आतंक सिर्जना गर्यो : पन्त
-
हान पदाधिकारीलाई प्रधानमन्त्रीले भने– अब चिन्ता अन्त्य हुन्छ
-
बृहत्तर हेटौँडा अवधारणाअनुसार राजधानी विकास गरिने
-
निःशुल्क प्रवेशको विरोधमा विवाह मण्डप र सङ्ग्रहालय बन्द
-
देखिने शासक असफल भएपछि ‘डिप स्टेट’ सक्रिय भयो : सुवेदी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण