पाँच वर्षभित्र वार्षिक चार लाख युवालाई रोजगारी दिने लक्ष्य
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी पाँच वर्षभित्र वार्षिक चार लाख युवालाई रोजगारी दिने लक्ष्यसहित पाँच वर्षे रणनीतिक योजना तयार गरेको छ । आव २०८३/८४ सम्ममा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत वार्षिक चार लाख रोजगारी सिर्जना गर्ने गरी रणनीतिक योजना तयार गरेको हो ।
मन्त्रालयका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत औसत एक लाख युवाले एक सय दिनको रोजगारी पाइरहेका छन् । मन्त्रालयले तयार गरेको रणनीतिमा वैदेशिक रोजगारीको दिगो प्रवर्द्धन गर्न द्विपक्षीय श्रम सम्झौता भएका मुलुकको सङ्ख्या १९ पुर्याउने भएको छ । सीपलाई दिगो रोजगारीसँग जोड्न सातवटा सीप विकास तालिम प्रतिष्ठान स्थापना गरिने पनि उल्लेख गरिएको छ । यस्तै रणनीतिक योजनामा सबै क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएर सूचीकृत श्रमिकको सङ्ख्या १० लाख पुर्याउने विषय समेटिएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७ लाख ६१ हजार मेट्रिकटन खाद्यान्न उत्पादन
-
अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध
-
क्वाटरफाइनल प्रवेशका लागि क्यानडा र मोरक्को आमनेसामने
-
पोर्चुगलको जङ्गलमा डढेलो, नियन्त्रणका लागि सयौँ अग्नि नियन्त्रक सक्रिय
-
दर्ता प्राप्त चिकित्सकले मात्र रेडियोलोजी सेवा दिन पाउने कानुनी व्यवस्था पालना गर्न माग
-
काठमाडौँसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण