अब काठमाडौंका २ सय २० स्थानमा सार्वजनिक शौचालय
काठमाडौं महानगरपालिकाले राजधानीका सात बैंकसहित ३३ निकायका शोचालयलाई सार्वजनिक रूपमा प्रयोग गर्न स्वीकृत दिने तयारी गरेको छ। कामपाले सार्वजनिक शौचालयको प्रयोग गर्न दिन इच्छुक होटल, रेस्टुराँ, बैंक, व्यापारिक भवन, मल, सपिङ कम्प्लेक्स, कम्पनी, फर्म, व्यावसायी, गैरसरकारी संघसंस्थाको शौचालयलाई सार्वजनिक शौचालयको रूपमा प्रयोग गर्न दिन सूचना जारी गरेको थियो।
सूचना जारी गरेको एक सातामा ७ बैक, २० रेस्टुरेन्टसहित ३३ निकायले अनुमतिका लागि निवेदन दिएका छन्। कामपा सार्वजनिक निजी साझेदारी इकाइ पीपीपी गएको आइतबार सूचना जारी गरेको थियो।
पीपीपी प्रमुख एवं निर्देशक नुरनिधि न्यौपानेले सूचना जारीभएको एक साताको अवधिमा ७ वटा बैंकले स्वीकृति लिन निवेदन दिएको जानकारी दिए। तीमध्ये नबिल बैंकले मात्र सम्भौता गरेको छ। अन्य निकायलाई एकैपटक सम्भौता गर्ने गरी प्रक्रिया अघि बढेको छ।
कामपाका सहायक प्रवक्ता महेश काफ्लेले हालसम्म नबिल बैंकका १८ शाखा प्रयोग गर्नेगरी स्वीकृति दिएको जानकारी दिनुभयो। अन्यको हकमा ७ दिनको सूचनाको आधारमा निवेदन संकलन गरिरहेको जानकारी दिदै उहाँका अनुसार अब केही दिनमै सम्भौता गर्ने तयारी भइरहेको जानकारी दिए। अब महानगरपालिकाभित्र होटल, बैंक तथा वित्तिय संस्था, रेस्टुरां गरी करिब २ सय २० स्थानमा सार्वजनिक शौचालय रहनेछन्। यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७ लाख ६१ हजार मेट्रिकटन खाद्यान्न उत्पादन
-
अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध
-
क्वाटरफाइनल प्रवेशका लागि क्यानडा र मोरक्को आमनेसामने
-
पोर्चुगलको जङ्गलमा डढेलो, नियन्त्रणका लागि सयौँ अग्नि नियन्त्रक सक्रिय
-
दर्ता प्राप्त चिकित्सकले मात्र रेडियोलोजी सेवा दिन पाउने कानुनी व्यवस्था पालना गर्न माग
-
काठमाडौँसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण