दोर्दी खोला जलविद्युतको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
दोर्दी खोला जलविद्युतको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले २६ मा २१ करोड ९५ लाख ५० हजार ९ सय रुपैयाँ बराबरको आइपीओ जारी गरेको थियो । आइपीओ प्रतिकित्ता १०० अंकित मूल्यका दरले २१ लाख ९५ हजार ५०९ कित्ता साधारण सेयर निष्कासन भएको हो ।
जसमा (५ प्रतिशत) १ लाख ९ हजार ७७५ कित्ता सामुहिक लगानी कोष र (३ प्रतिशत) ६५ हजार ८६५ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी १० लाख १९ हजार ८६९ कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १७ लाख कित्ताको लागि आवेदन दिन सकिनेछ ।
दोर्दी खोला जलविद्युतको आइपीओमा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।
रेटिङ एजेन्सी केयर रेटिङ नेपालले दोर्दी खोलाको आइपीओलाई ‘कियर एनपी आइआर डबल बी माइनस’ प्रदान गरेको छ जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न
-
वर्षाले प्रभावित फाइनलमा नेपाल बन्यो च्याम्पियन
-
आर्थिक विधेयकमा भएको हेरफेरबारे अर्थमन्त्रीले संसद्मा स्पष्ट पार्नुपर्छ : वर्षमान पुन
-
देशभरका २६३ स्थायी प्रहरी चौकी जीर्ण, भत्किने डरैडरमा काम गर्दै सुरक्षाकर्मी: आईजीपी कार्की
-
सुदूरपश्चिम मन्त्रिपरिषद् बैठक : बिदा भएर निस्किए मन्त्रीहरू
-
हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न संसदीय समितिको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण