आईपीओ निष्कासन गर्दै पिपुल्स पावर

पिपुल्स पावर कम्पनी लिमिटेडले ८ असारदेखि आयोजना प्रभावित स्थानीयका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
कम्पनीको प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ दरका ६ लाख ३२ हजार ६०० कित्ता सेयरमध्ये इलाम नगरपालिका–१ र ४ अति प्रभावित क्षेत्रका बासिन्दाका लागि १ लाख ८९ हजार ७८० कित्ता र सो बाहेक इलाम जिल्लाका बासिन्दाका लागि ४ लाख ४२ हजार ८२० कित्ता निष्कासन गर्न लागेको हो ।
आईपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आईपीओमा छिटोमा असार २२ गते र ढिलोमा साउन ४ गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओ सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ ।
लगानीकर्ताले यस आईपीओमा नेपाल बंगलादेश बैंकको फिक्कल शाखा, प्रभु बैंकको सन्दुकपुर र इलाम शाखा, ग्लोबल आइएमई बैंकको फिक्कल र इलाम शाखा, प्राइम कमर्शियल बैंकको राँके, मंगलबारे, वितौले, तिन घरे र इलाम शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विज्ञापन बोर्डको अध्यक्षका लागि आवेदन आह्वान
-
नेकपा एमाले विराटनगर नगरकमिटीको अध्यक्षमा गिरी निर्वाचित
-
इंग्ल्याण्डका नागरिक कैलालीमा मृत फेला
-
डोटीमा सिकार खेल्ने क्रममा गोली लाग्दा एक युवकको मृत्यु
-
सरकारले अस्पताललाई भुक्तानी दिन सकेन, स्वास्थ्य बिमा गर्नेलाई समस्या
-
अभियानको क्रममा कपिलवस्तुमा प्रचण्ड, बाणगंगामा मर्निङ वाक