युवाहरुलाई सैनिक तालिम दिनेबारे छलफल अघि बढाउँछौं : शिक्षामन्त्री पौडेल
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले आवश्यकता अनुसार युवाहरुलाई सैनिक तालिम दिनेबारे सरकारले सल्लाह गर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा युवा तथा खेलकुद मन्त्रीको प्रतिनिधिको रुपमा सांसदहरुको प्रश्नको जवाफ दिँदै सो कुरा बताएका हुन् ।
उनले भने–‘युवाहरुलाई देशको राष्ट्रिय भाव जगाउने कुरा, संस्कार, संस्कृतिले समुन्नति गर्ने कुरा देशभक्ति भावना जगाउने कुरा जुन यहाँहरूले उठाउनुभएको कुरा छ । सबैलाई सैनिक प्रकृतिको मिलिटेन्सी अनुभूति हुने प्रकारको प्रशिक्षण दिने नदिने भन्ने कुरा समग्र राज्यले निर्णय गर्ने कुरा हो । यो मन्त्रालयको मात्र कुरा हैन । यहाँहरूले उठाउनु भएको यो कुरालाई मन्त्रालयले छलफल गर्ने म विश्वास दिलाउन चाहन्छु ।’
खेलकुद मन्त्री विदेश भ्रमणमा रहेका कारण उनले युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत उठेका प्रश्नहरुको जवाफ दिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण