लुम्बिनी प्रदेश सरकारले बजेटको आकार घटाउने
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि करिब ३७ अर्बको बजेट ल्याउने तयारी गरेको छ । सरकारले गत वर्षभन्दा सानो आकारको बजेट ल्याउने भएको छ ।
चालु आर्थिक वर्षका लागि लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ९५ करोड रुपैयाँको बजेट ल्याएको थियो । आगामी आर्थिक वर्षका लागि स्रोतको यकिन नभएका योजना घटाउने तयारी गरेको मन्त्रालय स्रोतको भनाइ छ ।
प्रदेश सरकारले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम अनुसार नै बजेट ल्याइने आर्थिक मन्त्रालयका प्रवक्ता एवं उपसचिव राम बहादुर कार्कीले बताए । उनले बजेटमा कृषि, भौतिक पूर्वाधार, खानेपानी, ऊर्जालाई प्राथमिकता दिने रातोपाटीलाई बताए ।
उनले नीति तथा कार्यक्रमको सेरोफेरोमै रहेर प्रदेशको विकासका लागि कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार र पर्यटन क्षेत्रलाई प्राथमिकता दिएर बजेट ल्याउने तयारी भइरहेको बताए । बजेटलाई अन्तिम रुप दिन लागिएको भन्दै आज रातिसम्म आगामी वर्षको बजेट ‘फाइनल’ हुने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बृहत्तर हेटौँडा अवधारणाअनुसार राजधानी विकास गरिने
-
निःशुल्क प्रवेशको विरोधमा विवाह मण्डप र सङ्ग्रहालय बन्द
-
देखिने शासक असफल भएपछि ‘डिप स्टेट’ सक्रिय भयो : सुवेदी
-
एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान
-
एमालेका चार मन्त्री बर्खास्त भएसँगै नयाँ गठबन्धनका लागि नेकपाले राख्यो सर्त
-
जुम्ल्याहा शिशुको हत्या आरोपमा आमा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण