लुम्बिनी सरकारले बजेट खर्च गर्न सकेन, पुँजीगततर्फ ४०.४८ प्रतिशतमात्रै खर्च
लुम्बिनी प्रदेशमा बजेट खर्च उत्साहजनक रूपमा हुन नसकेको पाइएको छ । चालू आर्थिक वर्षको जेठ १५ गतेसम्म प्रदेश सरकारले पुँजीगत तर्फको ४०.४८ प्रतिशतमात्रै बजेट खर्च गरेको हो । यस्तै चालु तर्फ पनि ४१ प्रतिशत खर्च भएको छ ।
प्रदेश लेखा नियन्त्रकको कार्यालयका अनुसार लुम्बिनी प्रदेशमा चालू आर्थिक वर्ष ०७८–०७९ मा पुँजीगत बजेट तर्फको २२ अर्ब ४७ करोड १५ लाख ९४ हजार मध्ये जेठ १५ गते सम्म ९ अर्ब खर्च भएको छ । यस्तै चालु तर्फ १८ अर्ब ४८ करोड मध्ये ७ अव ५६ करोड खर्च भएको छ । प्रदेश सरकारले चालू आर्थिक वर्षमा चालू तथा पुँजीगत गरी ४० अर्ब ९५ करोड ९७ लाख बजेट छुट्ट्याएको थियो । त्यसमध्ये ९ अर्ब मात्र पुजी गत खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख दीपक ज्ञवालीले जानकारी दिए ।
उनले खर्च हिसाबमा जेठ १५ गते सम्म यति खर्च भए पनि अव एक दुई दिनमा आउने रिर्पोटमा जेठ मसान्त सम्म ४५ प्रतिशत पुग्ने अनुमान गरे । यस्तै यही बजेट असार महिना भर सरकारले खर्च गर्न पाउने छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार सबैभन्दा धेरै बजेट रहने भौतिक पूर्वाधार विकास मन्त्रालयको खर्च पनि उत्साहजनक देखिएको छैन । यो मन्त्रालयको चालु खर्च ७२ प्रतिशत हुँदा पुँजीगत खर्च ४१ प्रतिशत रहेको छ ।
प्रदेशको सबै भन्दा धेरै बजेट हुने मन्त्रालय हो । यहाँ ९ अर्ब ९ करोड बजेट छुट्याइएको छ । प्रदेश सरकारको पुँजीगत खर्च यही मन्त्रालय धेरै निर्भर पर्दछ । उक्त मन्त्रालयको जिम्मेवारी पाएका मन्त्री सहराम यादवले काम भए पनि अझै धेरै पेमेन्ट दिन बाँकी रहेको बताए । उनले अघिल्लो सरकारले ल्याएको बजेट कार्यान्वयनमा केवल तलब मात्रै खाने भएपछि अर्को बजेट असोज २२ गते गठबन्धन सरकारले ल्याउँदा खर्चको काम पनि ढिला नै सुरु भएको रातोपाटीलाई बताए ।
उनले अझै १५ दिने पछिल्लो रिपोर्र्ट कोष तथा लेखा नियन्त्रण कार्यालयमा नपुगेको पनि बताए । अव महिना दिन काम गर्ने ठेकेदारहरूलाई हिसाब बुझाउन बाँकी रहेकोले मन्त्रालयको खर्च बढ्ने उनको जिकिर रहेको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय प्रदेश प्रमुख दीपक ज्ञवालीले स्वाभाविक रूपमा खर्च प्रतिशतमा अहिले कम देखिने बताए । उनले जेठ मसान्तसम्म आउने रिपोर्ट ४५ प्रतिशत भन्दा माथि देखिने र असारसम्म ६० प्रतिशत भन्दा माथि अर्च हुने अनुमान गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बृहत्तर हेटौँडा अवधारणाअनुसार राजधानी विकास गरिने
-
निःशुल्क प्रवेशको विरोधमा विवाह मण्डप र सङ्ग्रहालय बन्द
-
देखिने शासक असफल भएपछि ‘डिप स्टेट’ सक्रिय भयो : सुवेदी
-
एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान
-
एमालेका चार मन्त्री बर्खास्त भएसँगै नयाँ गठबन्धनका लागि नेकपाले राख्यो सर्त
-
जुम्ल्याहा शिशुको हत्या आरोपमा आमा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण