बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

स्वीमिङ पुलमा डुबेर शिक्षकको मृत्यु

मङ्गलबार, ३१ जेठ २०७९, १८ : ०५
मङ्गलबार, ३१ जेठ २०७९

रुपन्देहीमा पौडी खेल्ने क्रममा स्वीमिङ पुलमा डुबेर एक जनाको मृत्यु भएको छ ।  तिलोत्तमास्थित न्यू लाइट स्कुलका शिक्षक ३० वर्षीय सन्दीप पौड्यालको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका तिलोत्तमा नगरपालिका–१ सङ्कर नगरका ३० वर्षीय सन्दीप पौड्याल   तिलोत्तमा नगरपालिका–३ स्थित बिग चियर रिसोर्टको स्वीमिङ पुलमा पौडी खेल्न पुगेका थिए । सोही क्रममा डुबेर उनी बेहोस भएका थिए । उनको उपचारको क्रममा अस्पतालमा  मृत्यु भएको रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले बताए । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप