बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशको बजेटमा के-के छन् प्राथमिकताहरु (पूर्णपाठसहित)

बुधबार, ०१ असार २०७९, १९ : ३७
बुधबार, ०१ असार २०७९

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि  ४२ अर्ब ६२ करोड ५७ लाख ७२ हजार बजेट विनियोजन गरेको छ । प्रदेशसभा बुधबार  आर्थिक मन्त्री कृष्णध्वज खड्काले प्रस्तुत गरेको बजेटमा कृषि, शिक्षा, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखिएको छ । 

प्रदेश सरकारले एक स्थानीय तह एक नमुना कृषि कार्यक्रमदेखि प्रदेश गौरवका आयोजनाहरुलाई  प्राथमिकतामा राखिएका छन् । प्रदेश सरकारले ४२ अर्ब ६३ करोड ५७ लाखमध्ये चालु खर्चतर्फ १३ अर्ब ३२ करोड ७६ लाख ५२ हजार तथा कुल बजेटको ३१.२६ प्रतिशत र पुँजीगत खर्चतर्फ  २४ अर्ब ४७ करोड ७० लाख ४८ हजार तथा ५७.४१ प्रतिशत विनियोजन गरिएको छ ।  

वित्तीय समानीकरण अनुदान, समपूरक अनुदान, सशर्त अनुदान र विशेष अनुदानमार्फत स्थानीय तह वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ८३ करोड १० लाख विनियोजन गरेको  छ । बजेट चालु आर्थिक वर्षको भन्दा बढी हो । चालु आर्थिक वर्षमा ४० अर्ब ९५ करोडको बजेट छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप