जसपाले एकतामा जोड दिन्छ –किराँती
लेखक तथा जनता समाजवादी पार्टीका युवा नेता मिलनकान्छा किराँतीले जसपा फुट्न लागेको आरोपको खण्डन गरेका छन् । प्रवासी नेपाली लगानी बोर्ड एशिया प्यासिफिक कमिटीको कार्यक्रममा राखिएको जिज्ञासालाई सम्बोधन गर्दै किराँतीले भने, ‘जसपा फुट्दैन । हाम्रो जोड एकतामा हुन्छ ।’
उनले थपे, ‘सङ्घीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको विरुद्ध हस्ताक्षर अभियान चलाएको कुरा मलाई थाहा छैन । डा. सा’पले त्यस्तो अनैतिक कार्य गर्नुहुन्छ जस्तो मलाई लाग्दैन । यदि गर्नुभयो भने वहाँ आफै सकिनुहुन्छ । पार्टीमा अन्तरसङ्घर्ष गर्ने बेलाको सही पहिचान गर्न सकिएन भने ऐतिहासिक भौतिक द्धन्दवादले सखाप बनाउँछ ।’
लोसपाका महन्थ ठाकुर, राजेन्द्र महतोहरुले आत्मालोचना गरेर गल्ती स्वीकार्ने हो भने जसपाले अझै एकताको ढोका खुल्ला राखेको र जसपाले फुट र विभाजनमा नभई वृहत एकतामा जोड दिने किराँतीले बताएका छन् ।
जसपाको नेपाल उद्योग वाणिज्य तथा व्यवसाय महासङ्घका केन्द्रीय उपाध्यक्ष एवं प्रवासी नेपाली लगानी बोर्डका चिफ एड्भाईजरसमेत रहेका किराँतीले महङ्गी बढ्नुको प्रमुख कारण उत्पादन र निर्यात प्रशस्त हुन नसक्नु रहेकोले विदेशमा सिकेको सीप र कमाएको पैसा चार आना घडेरी र चारतले घरमा फ्रिज गरेर विदेशमै सधै दास भएर बस्नुभन्दा स्वदेश फर्केर मालिक बनेर चार जनालाई रोजगार दिन र उत्पादन बढाउनसमेत आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिनाको पहिलो दिन कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण