बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

बुटवल–पाल्पा सडक खण्डमा टिपर चलाउन रोक

बिहीबार, ०२ असार २०७९, १७ : ०७
बिहीबार, ०२ असार २०७९

 सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडक खण्डमा टिपर चलाउन रोक लगाइएको छ । भर्खर कालोपत्रेको काम भएको र वर्षाको समयमा ठुला मालवाहक सवारी सञ्चालन हुँदा कालोपत्रेको बिगार्न सक्ने भएकाले ठुला सवारी सञ्चालनमा रोक लगाइएको  सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ  । 

सडक डिभिजन कार्यालय पाल्पाले एक सूचना जारी गर्दै भदौ मसान्तसम्म तीन महिनाका लागि सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्डमा टिपर सञ्चालनमा रोक लगाएको जनाएको हो।  सडक डिभिजन कार्यालय पाल्पाका डिभिजन प्रमुख रामेश्वर लम्सालका अनुसार सिद्धार्थ राजमार्गको सिद्ध बाबा दोभान क्षेत्रमा कालोपत्रे भएको उल्लेख छ ।

 पत्रमा टिपर सञ्चालनमा रोक लगाउनका लागि आवश्यक व्यवस्थापन गर्नको लागि जिल्ला समन्वय समिति पाल्पा र प्रहरी कार्यालयलाई अनुरोध गरेको  जनाएको छ । यो सडक दैनिक ३ सय  भन्दा धेरै  टिपर सञ्चालनमा रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप