रित्तो गाग्री बोकेर गाउँपालिका पुगे नागरिक
दाङको शान्तिनगर गाउँपालिकाका स्थानीयहरू रित्तो गाग्री बोकेर गाउँपालिकामा पुगेका छन् । खानेपानीको समस्या भएको र व्यवस्थापनमा पालिकाले चासो नदिएको भन्दै रित्तो गाग्री सहित स्थानीयहरू गाउँपालिकामा पुगेका हुन् ।
वडा नम्बर ४ को एकलीका करिब ५० घरधुरीका उपभोक्ताहरूले खानेपानीको समस्याका कारण दैनिकी कष्टपूर्ण भएको भन्दै रित्तो गाग्री बोकेर पालिकालाई ध्यानाकर्षण गराएका हुन् । उनीहरूले गाउँपालिकाका अध्यक्ष अध्यक्ष प्रमोद बस्नेत सहित वडा नम्बर ३ का अध्यक्ष मीन बहादुर केसी र वडा नम्बर ४ का अध्यक्ष गोमान बहादुर ओलीसँग छिटोभन्दा छिटो खानेपानीको सहज आपूर्तिका लागि सम्बन्धित निकायसँग पहल गरिदिन आग्रह गरेका छन् ।
शान्तिनगर–३ स्थित माइलिपानी खानेपानी संस्थाले शान्तिनगरको साबिक १ देखि ४ नम्बर वडाका उपभोक्ताहरूलाई निजी धारामार्फत पानी उपलब्ध गराउँदै आएता पनि पानीको स्रोत र जनसंख्या बढी भएको हुनाले यश भेगका उपभोक्ताहरू निकै मर्कामा परेका छन् । टिमको नेतृत्व गरेका रेसम राज कँडेलले बाटो भन्दा पहिले खानेपानीको समस्या समाधान गर्न जरुरी रहेको बताए । बाटो बिना बाँच्न सकिने तर खानेपानी विना बाच्न नसकिने भन्दै उनले भने, ‘सबैभन्दा पहिले हामीलाई पानी चाहियो ,कसरी बाच्ने ? धारामा पानी आउँदैन तर महिनामा पानी नखाए पनि बिल तिर्नु पर्छ ।’
गाउँ पालिकाका अध्यक्ष प्रमोद बस्नेतले छिटोभन्दा छिटो खानेपानी समिति र अन्य निकायसँग समन्वय गरेर उपभोक्तालाई खानेपानी सहज रूपमा उपलब्ध गराउनका लागि आफू लागि पर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बृहत्तर हेटौँडा अवधारणाअनुसार राजधानी विकास गरिने
-
निःशुल्क प्रवेशको विरोधमा विवाह मण्डप र सङ्ग्रहालय बन्द
-
देखिने शासक असफल भएपछि ‘डिप स्टेट’ सक्रिय भयो : सुवेदी
-
एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान
-
एमालेका चार मन्त्री बर्खास्त भएसँगै नयाँ गठबन्धनका लागि नेकपाले राख्यो सर्त
-
जुम्ल्याहा शिशुको हत्या आरोपमा आमा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण