शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

पश्चिमा देशहरुले रुसमाथि लगाएको प्रतिबन्ध विफल भयो  : पुटिन

शनिबार, ०४ असार २०७९, ०७ : २५
शनिबार, ०४ असार २०७९

रुसले युक्रेनमा आक्रमण गरेपछि पश्चिम देशहरुले मस्कोमाथि लगाएको प्रतिबन्ध ‘पागल र विचार हीन’ भएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले टिप्पणी गरेका छन् । सेन्ट पिटर्सबर्गमा एक फोरममा बोल्दै राष्ट्रपति पुटिनले पश्चिमा देशहरुले लगाएको प्रतिबन्ध विफल भएको दाबी गरे । उनले अगाडि भने, ‘रुस विरुद्धको आर्थिक प्रतिबन्ध सुरुदेखि नै सफल हुने कुनै सम्भावना थिएन । ’

रुसमाथिको प्रतिबन्ध  प्रतिबन्ध लगाउनेहरूका लागि ‘अधिक हानिकारक’ भएको उनले बताए । पश्चिमी राष्ट्रहरूले रुसलाई दण्ड दिने र आफ्नो अर्थतन्त्रको रक्षा गर्न खोजिरहेका छन् ।

तर। वार्षिक सेन्ट पिटर्सबर्ग इन्टरनेसनल इकोनोमिक फोरममा बोल्दै राष्ट्रपति पुटिनले रुसमाथिको प्रतिबन्धका कारण युरोपेली युनियनले ४०० अर्ब डलरभन्दा बढी गुमाउन सक्ने दाबी गरे ।

रुसी सेनाले पछिल्लो समयमा पूर्वी युक्रेनमा हमला गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप