पश्चिमा देशहरुले रुसमाथि लगाएको प्रतिबन्ध विफल भयो : पुटिन
शनिबार, ०४ असार २०७९, ०७ : २५
रुसले युक्रेनमा आक्रमण गरेपछि पश्चिम देशहरुले मस्कोमाथि लगाएको प्रतिबन्ध ‘पागल र विचार हीन’ भएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले टिप्पणी गरेका छन् । सेन्ट पिटर्सबर्गमा एक फोरममा बोल्दै राष्ट्रपति पुटिनले पश्चिमा देशहरुले लगाएको प्रतिबन्ध विफल भएको दाबी गरे । उनले अगाडि भने, ‘रुस विरुद्धको आर्थिक प्रतिबन्ध सुरुदेखि नै सफल हुने कुनै सम्भावना थिएन । ’
रुसमाथिको प्रतिबन्ध प्रतिबन्ध लगाउनेहरूका लागि ‘अधिक हानिकारक’ भएको उनले बताए । पश्चिमी राष्ट्रहरूले रुसलाई दण्ड दिने र आफ्नो अर्थतन्त्रको रक्षा गर्न खोजिरहेका छन् ।
तर। वार्षिक सेन्ट पिटर्सबर्ग इन्टरनेसनल इकोनोमिक फोरममा बोल्दै राष्ट्रपति पुटिनले रुसमाथिको प्रतिबन्धका कारण युरोपेली युनियनले ४०० अर्ब डलरभन्दा बढी गुमाउन सक्ने दाबी गरे ।
रुसी सेनाले पछिल्लो समयमा पूर्वी युक्रेनमा हमला गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण