इनार सफा गर्ने क्रममा दुई मजदुरको मृत्यु
चितवनको माडीमा घरभित्रको इनार सफा गर्ने क्रममा अक्सिजन नपुग्दा दुई युवकको मृत्यु भएको छ । माडी नगरपालिका-७ देवेन्द्रपुरमा रिता रेग्मीको घरको भित्र प्यासेजमा रहेको इनार सफा गर्ने क्रममा अक्सिजन नपुगेर माडी ८ बस्ने ३० वर्षका शिव राई र २५ वर्षका सूर्य गुरुङको मृत्यु भएको हो ।
माडी-८ का गुरुङ इनार सफा गर्न इनारभित्र पसेकोमा केही समयपछि बोल्न नसकी हातले इशारा गरेपपछि सँगै काम गर्न गएका राई कम्मरमा डोरी बाँधेर उद्धार गर्न इनारभित्र पसेको थिए । राई डोरी चुडिएर खसेका थिए । अक्सिजन अभावका कारण दुवैको इनारभित्रै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
घटनाको विषयमा प्रहरी चौकी कल्याणपुरमा जानकारी आउनासाथ इलाका प्रहरी कार्यालय माडी र प्रहरी चौकी कल्याणपुरबाट खटिएको प्रहरी टोलीलाई समेत अक्सिजनको कमीले उद्धारमा असहज भएको थियो । मृतकको शव पोस्टमार्टमको लागि भरतपुर अस्पताल लगिएको छ । - न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँका सञ्चारगृह र भाटभटेनीबाहिर शंकास्पद रूपमा गाडी पार्किङ, क्रेन लगाएर उठाइयो
-
उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ५१ वटा मोटरसाइकल फेला, सम्बन्धितलाई हस्तान्तरण
-
नयाँ राहदानी प्रणालीसँगै देखियो प्राविधिक समस्या
-
आँसु पुछ्न औँला छैनन्...
-
सञ्चारगृहअगाडि शंकास्पद रूपमा गाडी पार्किङ गरिएको घटनाप्रति महासंघको ध्यानाकर्षण
-
योजना आयोगको गुनासो : हाम्रो काम सुझाव दिने मात्रै भयो, कार्यान्वयन भएन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण