पत्रपत्रिका
राहदानी विभागमा बिचौलियाको हैकम
आइतबार, ०५ असार २०७९, ०६ : ०२
राहदानी विभागमा बिचौलियाको हैकम अझै कम हुन सकेको छैन । विभागमा राहदानी लिनेको भीडको लाभ उठाउँदै विचौलियाको लर्काे लाग्ने गरेको छ। राहदानी छिटो दिलाइदिने बहानामा सेवाग्राहीसँग अनावश्यक रकम असुली गर्दै बिचौलियाले आर्थिक लाभ लिने गरेको विभागले स्वीकार गरेको छ।
दैनिक तीन हजारभन्दा बढी मानिस विभागबाट राहदानी लिनकै लागि लाइनमा लाग्ने गर्छन् । यो भीड विचौलियाको आर्थिक लाभको राम्रो स्रोत बन्न थालेको छ। विभागका प्रवक्ता शरदराज अरनले बिचौलियाले छिटो काम गराइदिन्छु- हाकिम सबै चिनेको छ भन्दै सेवाग्राहीबाट रकम असुलेको पाइएको जानकारी दिए। आफ्नो राहदानी बनाउने भन्दै राहदानी परिसरभित्र प्रवेश गरेर फाँटका कर्मचारीलाई अनावश्यक दबाब र प्रलोभनसमेत ती विचौलियाले दिने गरेको उनको दाबी छ। आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७ लाख ६१ हजार मेट्रिकटन खाद्यान्न उत्पादन
-
अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध
-
क्वाटरफाइनल प्रवेशका लागि क्यानडा र मोरक्को आमनेसामने
-
पोर्चुगलको जङ्गलमा डढेलो, नियन्त्रणका लागि सयौँ अग्नि नियन्त्रक सक्रिय
-
दर्ता प्राप्त चिकित्सकले मात्र रेडियोलोजी सेवा दिन पाउने कानुनी व्यवस्था पालना गर्न माग
-
काठमाडौँसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण