नुनको गैरकानुनी व्यापार : किलोमै ३०० रुपैयाँ लिएर बेच्छन् व्यापारी
बजारमा गैरकानुनी रूपमा नुनको कारोबार हुने गरेको पाइएको छ। विभिन्न बजारमा कम्पनीहरूले अनलाइनमार्फत ‘सिधे नुन’ प्याकेजिङ गरी गैरकानुनी रूपमा अत्यधिक मूल्य लिएर बिक्री वितरण गर्ने गरेको पाइएको हो।
काठमाडौं अर्गानिक कम्पनी, हिमालयज् पिक कम्पनीले सिधे नुनलाई प्याकेजिङ गरी अत्यधिक मूल्य लिने गरेको पाइएको छ । खाद्य ऐन, २०२३ बमोजिम कुनै पनि उद्योगले खाद्य वस्तु प्रशोधन, उत्पादन तथा प्याकेजिङ गर्न विभागबाट अनुज्ञापत्र लिएर मात्र बजारमा बिक्री वितरण गर्नुपर्ने कानुनी व्यवस्था छ। सो कम्पनीले खाद्य विभागबाट सिधे नुन बजारमा बिक्री वितरण गर्नका लागि अनुज्ञापत्रसमेत नलिइएको पाइएको छ।
अर्गानिक कम्पनी, हिमालयज पिक कम्पनीलगायतका कम्पनीले सिधे नुनलाई प्रशोधन र प्याकेजिङ गरी १ किलो नुनको २५२ देखि ३०० रुपैयाँ लिएर बिक्री वितरण गरी उपभोक्तालाई ठगिरहेका छन्। यो समाचार दल नेपालटप दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुर पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
-
साढे ४३ करोड वक्यौता असुली, विदेशमै लुक्ने त्रिविका ४०० प्राध्यापकबाट १३ करोड असुल
-
पपुलिजमको आडमा सरकार अधिनायकवादतर्फ उन्मुख भयो : पोखरेल
-
‘कानुनी जटिलताले पूर्वाधार विकास रोकियो, समय अभावले अध्यादेशको बाटो रोज्नुपर्यो’
-
बालेन र सुदनसँग नेकपा एमालेले एक–एक हिसाब राखेको छ : सचिव बस्नेत
-
सगरमाथामा पाइला टेक्दा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण