शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

‘द चोजन वान’को पुरै टिम दुर्घटनामा, दुई अभिनेताको निधन

आइतबार, ०५ असार २०७९, १९ : ५५
आइतबार, ०५ असार २०७९

नेटफ्लिक्सको ओरजिनल सिरिज ‘द चोजन वान’ को पुरै टिम सडक दुर्घटनामा परेका छन् । दुर्घटनाको कारण सिरिजका दुई अभिनेताको मृत्यु भएको छ, भने ६ सदस्य घाइते भएका छन् ।

मृत्यु हुनेमा रैमुन्डो गार्डुनो क्रुज र जुआन फ्रान्सिस्को गोन्जालेज रहेका छन् ।  दुर्घटना १६ जुनमा रेगिस्तानी रोडमा भएको थियो । दुर्घटना सवारीको गति तिब्र भएका कारणले भएको बताइन्छ । मिडिया रिपोटका अनुसार निर्माण कम्पनी रेड्रमले सिरिजको प्रोडक्सन अहिले रोकेको छ ।

‘द चोजन वन’ एक ब्राजिलियन थ्रिलर सिरिज हो । जसको पहिलो सिजन २०१९ मा आएको थियो । सिरियल पुस्तक ‘अमेरिकन जीसस’मा आधारित रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप