बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : एसपीपीबाट ‘ब्याक’ भयो सरकार, जसपामा उपेन्द्र र बाबुराम पक्षबीचको शक्ति संघर्ष उत्कर्षमा

बढ्दो महँगीप्रति सरकार निरीह
सोमबार, ०६ असार २०७९, २१ : २८
सोमबार, ०६ असार २०७९

आज २०७९ असार ६ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारमा एसपीपीबाट ‘ब्याक’ हुने सरकारको निर्णय, बढ्दो महँगीप्रति सरकार निरीह, पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको आयल निगमद्वारा बचाउ, जग्गा धितो राखेर बैंकबाट ऋण नपाइने व्यवस्था तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश, प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित, घरायसी र व्यावसायिक प्रयोगमा ग्यासको अलग अलग मूल्य गर्ने तयारी लगायत छन् ।

१. एसपीपीबाट ‘ब्याक’ हुने सरकारको निर्णय
लामो विवाद र बहसपछि अन्ततः सरकारले अमेरिकासँगको ‘स्टेट पार्टनरशीप प्रोग्राम’ (एसपीपी) बाट ‘ब्याक’ हुने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपाली सेनालाई एसपीपी सम्झौता फिर्ता लिन निर्देशन दिने निर्णय गरेको हो । केही दिनदेखि एसपीपीका बारेमा संसददेखि संसदीय समितिसम्म विवाद र बहस भएको थियो ।

पेट्रोलियम पदार्थमा लगातारको मूल्यवृद्धिसँगै बजारमा महँगी बढेको छ । यातायात भाडादेखि लिएर खाद्यान्न लगायत अन्य उपभोग्य वस्तुको मूल्य अनियन्त्रित हुँदै गएको छ । बढ्दो महँगी नियन्त्रणमा सरकार निरीह हुँदै गएको भन्दै नागरिकस्तरमा असन्तुष्टि बढेको छ भने विपक्षी दलहरुले पनि सरकारको आलोचना गर्न थालेका छन् ।

३. पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको आयल निगमद्वारा बचाउ
नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजार भाउको आधारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन हुने गरेको बताएको छ । निगमका कार्यकारी निर्देश उमेशप्रसाद थानीले अन्तर्राष्ट्रिय बजार अनुसार मूल्य बढाइएको बताए ।

४. जसपा नेपालमा उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षबीच शक्ति संघर्ष उत्कर्षमा
जसपा नेपालमा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पक्षबीच शक्ति संघर्ष उत्कर्षमा पुगेको छ । दुवै पक्ष यतिबेला आफ्नो पक्षमा बहुमत जुटाउन कसरत गरिरहेका छन् । जसले गर्दा पार्टीको बैठकसमेत अनिश्चित भएको छ ।

५. जग्गा धितो राखेर बैंकबाट ऋण नपाइने व्यवस्था तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश
सर्वोच्च अदालतले जग्गा धितो राखेर बैंकबाट ऋण नपाइने व्यवस्था तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । सरकारले जग्गाको वर्गीकरण नभएसम्म अनिश्चितकालसम्म जग्गा धितो बन्धकी राख्न नपाउने व्यवस्था गरेपछि सो विरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता भएको थियो । उक्त व्यवस्थाले नागरिकको मौलिक हकसँग सम्बन्धित कतिपय कुरामा अनुचित असर पर्न जाने भन्दै अदालतले भूमि व्यवस्था, सरकारी तथा गरिबी निवारण मन्त्रालयको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो ।

६. प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित
प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०७९ बहुमतले पारित भएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकले पारित गरेको हो । यसअघि उक्त विधेयकमाथि छलफल भएको थियो । छलफलपछि अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक २०७९ लाई पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए ।

७. घरायसी र व्यावसायिक प्रयोगमा ग्यासको अलग अलग मूल्य गर्ने तयारी
सरकारले आगामी आर्थिक वर्षदेखि खाना पकाउने एलपीजी ग्यासको व्यापारिक संरचनामा व्यापक परिवर्तन गर्ने भएको छ । एलपीजी ग्यासमा बेहोर्दै आएको घाटा न्यूनीकरण गर्न आगामी साउन १ गतेदेखि ग्यासको संरचनामा व्यापक परिवर्तन गर्ने तयारीमा सरकार लागेको हो ।

८. संघीय प्रहरीले नै काठमाडौं उपत्यका हेर्नेगरी ल्याइयो प्रहरी ऐन संशोधन विधेयक
गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरेको नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि विचार गरियोस भन्ने प्रस्तावमाथि प्रारम्भिक छलफल सुरु भएको छ । विधेयकमा काठमाडौं उपत्यकाको जिम्मेवारी भने संघीय प्रहरीलाई नै दिने व्यवस्था छ । 

९. नेप्सेको ओरालो यात्रा जारी
सेयर बजार परिसूचक नेप्से सोमबार झण्डै ५० अंकले घटेर १८ सयको रेञ्जमा आइपुगेको छ । अघिल्लो दिन ३७ अंकले घटेर १९३४ मा रोकिएको नेप्से आज थप ४९.३१ अंकले घट्दै १८८४.८१ अंकमा पुगेको हो । योसँगै लगानीकर्ताहरु थप पेनिक हुन पुगेका छन् । निरन्तर ओरालो यात्रामा रहेको बजार अझ कति अंकले घट्ने हो भन्ने सुनिश्चित नभएपछि लगानीकर्ताहरु अत्तालिन थालेका छन् ।

पर्यटन व्यवसायसँग आवद्ध व्यवसायीहरुको तीन वटा संगठनले संस्कृति, पर्यटन तथा नागरिक मन्त्री प्रेम आलेले अश्लिल र अराजक गतिविधि देखाएको भन्दै तत्काल जिम्मेवारीबाट मुक्त गर्न माग गरेका छन् । 

बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ । मानव बेचविखन मुद्दामा जिल्ला अदालत काठमाडौंमा न्यायाधीश प्रकाश ढुंगानाले सो आदेश गरेका हुन् ।

केन्द्रीय कारागारमा रहेका गुण्डा नाइके समीरमानसिंह बस्नेतलाई डीएसपी मिलन केसीले भेटेकोबारे छानविन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले जेठ ३१ मा छानविन समिति गठन गरेको थियो ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप