अखिल क्रान्तिकारीका पवन कार्की सहित ८ जनालाई अनिश्चितकालिन निलम्बन
आइतबार, १२ असार २०७९, २१ : ००
नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका नेता पवन कार्कीसहित ८ जनालाई अनिश्चितकालका लागि निलम्बन गरिएको छ । अखिल क्रान्तिकारीको तेस्रो पूर्ण बैठकको निर्णय आइतबार सार्वजनिक गर्दै अनिश्चितकालका लागि निलम्बन गरिएको विज्ञप्तिमा उल्लेख छ ।
निलम्बन पर्नेमा कार्की सहित वसन्ता भण्डारी, बालकुमार केसी, उपदेश यादव, रविन बस्नेत, पदम नेपाली, समीर बुढाथोकी र संजिव चौधरी छन् । गत जेठ ५ गतेका संगठनको केन्द्रीय समिति बैठकमा होहल्ला गर्दै तोडफोड गरेर घाइते बनाएकाले कार्कीसहित ८ जनालाई निलम्बन गरिएको हो ।
यस्तै संगठन सुदृढीकरण र परिचालन गर्न तीन महिने अभियान चलाइने भएको छ । संगठनका १९ जना उपाध्यक्ष रहनेगरी तीन महिने अभियानमा खटाइने भएको छ । यस्तै प्रदेश र संघको निर्वाचन अघि नै स्ववियु निर्वाचन गराउनु पर्ने माग गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंगलुरुको कम्ब्याक : लगातार ६ खेल जित्दै प्लेअफमा, साबिक विजेता चेन्नई बाहिरियो
-
एमाले बाँकेको जिल्ला अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदवारी
-
दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
-
नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार
-
पाकिस्तानमा सडक दुर्घटना, ३५ जनाको मृत्यु
-
डडेल्धुरामा परशुराम साहित्य महोत्सव आयोजना हुने