११ जना सहसचिव बरण्डामा
सरकारले खाली भएको ठाउँमा ११ जना सहसचिवलाई अतिरिक्त समूहमा राखेको छ। जबकि अहिले देशभर १७ जना सहसचिवको दरबन्दी रिक्त छ। अतिरिक्त समूहमा राखिएका कर्मचारीलाई जिम्मेवारी दिने गरिँदैन।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खाली बसेका सहसचिवहरूलाई रिक्त रहेको ठाउँमा पठाउन ढिलो गरेको छ। अतिरिक्त समूहमा राखिएको सहसचिवहरूको ड्युटी मन्त्रालयको बरण्डामा हुने गरेको छ। उनीहरू बिहान मन्त्रालयमा हाजिरी गर्न जान्छन्, हाजिरी गर्न बित्तिकै फर्कन्छन् । उनीहरूको लागि बस्ने कोठाको समेत व्यवस्था छैन।
मन्त्रालयमा अहिले शोभाकान्त पौडल, यामप्रसाद भुसाल, भगवान अर्याल, रेखा कँडेल, प्रकाश पौडेल, प्रदीप परियार, सुरेश राउत, विश्वनाथ अर्याल, विष्णुप्रसाद कोइराला, श्यामकृष्ण थापालगायतका सहसचिव अतिरिक्त समूहमा छन्। सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारीले अतिरिक्तमा रहेका सहसचिवहरूलाई यही हप्ताभित्र खाली ठाउँमा पठाउने तयारी भएको बताए। आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७ लाख ६१ हजार मेट्रिकटन खाद्यान्न उत्पादन
-
अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध
-
क्वाटरफाइनल प्रवेशका लागि क्यानडा र मोरक्को आमनेसामने
-
पोर्चुगलको जङ्गलमा डढेलो, नियन्त्रणका लागि सयौँ अग्नि नियन्त्रक सक्रिय
-
दर्ता प्राप्त चिकित्सकले मात्र रेडियोलोजी सेवा दिन पाउने कानुनी व्यवस्था पालना गर्न माग
-
काठमाडौँसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण