जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा गुप्ता निर्वाचित
बाराको जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा मनोजकुमार गुप्ता निर्वाचित भएका छन् । शनिबार राति भएको मतगणनाको अन्तिम मतपरिणामअनुसार गुप्ताले ३१९ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी ओमप्रकाश गुप्ताले २६० मत प्राप्त गरे । सोही पदका अन्य उम्मेदवार रामचन्द्र पौडेलले २३७ मत, दिनेशप्रसाद कलवारले १२० र अनिलकुमार साहले ११ मत प्राप्त गरे ।
वाणिज्य तर्फको उपाध्यक्षमा गजेन्द्रप्रसाद गुप्ता निर्वाचित भएका छन् । गुप्ता ३०० मत प्राप्त गर्दै निर्वाचित भएका हुन । अन्य उम्मेदवार मोहन साह कलवारले २११, अर्जुन लम्सालले १६६, सन्तोषकुमार गुप्ताले १३४ र रामायणप्रसाद साहले १४ मत प्राप्त गरे ।
उद्योगतर्फको उपाध्यक्षमा विजयकुमार साह निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी दीपक गुप्ताले ३२ मत प्राप्त गरे । संघको महासचिवमा प्रकाश गिरीले जित हात पारे । गिरी ४८५ मत प्राप्त गर्दै फराकिलो मतान्तरले निर्वाचित भए । अन्य उम्मेदवार लक्ष्मण अधिकारीले २७३ मत र अनिल तिवारीले १८२ मत प्राप्त गरे ।
कोषाध्यक्षमा रामबाबु कलवार निर्वाचित भएका छन् । उनले ५८५ मत प्राप्त गर्दा सोही पदका प्रत्याशी उम्मेदवार अमरप्रसाद यादवले ३१५ मत प्राप्त गरे ।
वाणिज्य तर्फको सचिवमा पदमा विष्णुप्रसाद अधिकारी २२७ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । कृष्णप्रसाद साहले १९८ मत, गीता शर्माले १४३ मत, श्यामबाबु साहले ११६ मत, शान्ताकुमारी बजगाईले ७१ मत र रमेश खरेलले ५९ मत प्राप्त गरे । यसअघि उद्योग तर्फको सचिवमा मुकेश साह निर्विरोध निर्वाचित भएका थिए ।
वाणिज्यतर्फको सात सदस्यमा सन्तोष कुशवाहा, तसौवर हुसेन, राजुप्रसाद साह, विन्देश्वरीप्रसाद साह, प्रदीप कुमार, रिता कँडेल र आशा दाहाल निर्वाचित भएका छन् । उद्योगतर्फको तीन सदस्यमा राकेशप्रसाद गुप्ता ५७ मत, राजेशकुमार प्रसाद साह ५६ र रीना रौनियार पुरीले ५५ मत प्राप्त गर्दै निर्वाचित भएका छन् ।
कुल १३ सय पाँच मतदातामध्ये निर्वाचनमा वाणिज्यतर्फ आठ सय ९२, उद्योगतर्फ ८२ र एसोसियटतर्फ तीन मत खसेको थियो । संघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान रहेका कारण मोहन शर्मा यसअघि नै अध्यक्षमा निर्वाचित भइसकेका थिए । शर्मा अध्यक्षमा निर्वाचित भएपछि बाँकी पदका लागि निर्वाचन भएको हो । –न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण