बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीलंकामा तेल सकियो, अत्यावश्यकबाहेक सबै क्षेत्रलाई वितरणमा रोक

मङ्गलबार, १४ असार २०७९, ०६ : ३६
मङ्गलबार, १४ असार २०७९

आर्थिक संकटमा फसेको श्रीलंकाले अत्यावश्यक सेवाहरू बाहेक अन्य सेवामा इन्धन बिक्रीमा दुई साताका लागि रोक लगाएको छ  । तेल आपूर्ति सकिएपछि सरकारले कर्मचारीहरूलाई घरबाट काम गर्न अनुमति दिन निजी क्षेत्रलाई अपिलसमेत गरेको छ ।

‘सोमबार मध्यरातदेखि स्वास्थ्य क्षेत्रलगायतका अत्यावश्यक सेवाहरू बाहेक अन्य सेवालाई इन्धन बिक्री हुने छैन, किनकि हामीसँग रहेको थोरै भण्डार जोगाउन चाहन्छौं’, सरकारका प्रवक्ता बन्दुला गुणवर्द्धनाले भने । अभावका लागि उनले उपभोक्तासँग माफीसमेत मागे । ‘मानिसहरुमा पर्न गएको असुविधाप्रति खेद प्रकट गर्दछ’, उनले अगाडि भने । 

श्रीलंकाले सन् १९४८ मा स्वतन्त्र पाएपछि अहिलेसम्मकै चरम आर्थिक संकट सामना गरिरहेको छ । इन्धन, खाद्यन्न र औषधिजस्ता अत्यावश्यक उत्पादन आयातका लागिसमेत रकम तिर्न सकेको छैन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप