
शिव सेनाका विद्रोही नेता एकनाथ सिन्दे महाराष्ट्रको नयाँ मुख्यमन्त्री

शिव सेनाबाट विद्रोह गरेका नेता एकनाथ सिन्दे महाराष्ट्रका नयाँ मुख्य मन्त्री चुनिने भएका छन् । सिन्देले राज्यको स्थानीय समय अनुसार आजै साँझ ७ः३० मा पदको सपथ लिँदैछन् ।
सिन्दे र महाराष्ट्रका भाजपा नेता देवेन्द्र फडणवीसले महाराष्ट्रका गर्भनर भगत सिंह कोशियारीसँग भेटेपछि यस्तो घोषणा आएको हो । फडणवीस आफैले सिन्दे मुख्यमन्त्री हुने बताएका हुन् ।
भाजपाले नयाँ सरकारको गठनको लागि आफूहरुसँग १७० विधानसभा सदस्यको समर्थन रहेको दावी गरेको छ । बुधबार भारतको सर्वोच्च अदालतले उनको सरकारको बहुमत प्रमाणित गर्नुपर्ने फैसला गरेपछि उद्दव ठाकरेले मुख्यमन्त्री पदबाट राजिनामा दिएका थिए ।
सिन्देले भाजपा नेता तथा राज्यका पूर्व मुख्यमन्त्री फडणवीसलाई उनको त्यागको लागि धन्यवाद दिएका छन् । आफै मुख्यमन्त्री हुनसक्ने भए पनि फडणवीसले ‘ठूलो मन’ गरेको सिन्देले बताए ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ