शिव सेनाका विद्रोही नेता एकनाथ सिन्दे महाराष्ट्रको नयाँ मुख्यमन्त्री
बिहीबार, १६ असार २०७९, १९ : २५
शिव सेनाबाट विद्रोह गरेका नेता एकनाथ सिन्दे महाराष्ट्रका नयाँ मुख्य मन्त्री चुनिने भएका छन् । सिन्देले राज्यको स्थानीय समय अनुसार आजै साँझ ७ः३० मा पदको सपथ लिँदैछन् ।
सिन्दे र महाराष्ट्रका भाजपा नेता देवेन्द्र फडणवीसले महाराष्ट्रका गर्भनर भगत सिंह कोशियारीसँग भेटेपछि यस्तो घोषणा आएको हो । फडणवीस आफैले सिन्दे मुख्यमन्त्री हुने बताएका हुन् ।
भाजपाले नयाँ सरकारको गठनको लागि आफूहरुसँग १७० विधानसभा सदस्यको समर्थन रहेको दावी गरेको छ । बुधबार भारतको सर्वोच्च अदालतले उनको सरकारको बहुमत प्रमाणित गर्नुपर्ने फैसला गरेपछि उद्दव ठाकरेले मुख्यमन्त्री पदबाट राजिनामा दिएका थिए ।
सिन्देले भाजपा नेता तथा राज्यका पूर्व मुख्यमन्त्री फडणवीसलाई उनको त्यागको लागि धन्यवाद दिएका छन् । आफै मुख्यमन्त्री हुनसक्ने भए पनि फडणवीसले ‘ठूलो मन’ गरेको सिन्देले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्रधानमन्त्रीको कार्यालय हिटलरको ग्यास च्याम्बर जस्तै भयो’
-
१८ वर्ष मुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने प्रस्तावको कांग्रेसद्वारा आपत्ति
-
देउवा दम्पतीलाई महँगो परेको असार १५ को दही चिउरा
-
किसानलाई पेन्सन दिनुपर्ने आजपा अध्यक्ष प्रभु साहको माग
-
धरानदेखि विस्कन्सिनसम्म, सयौँ बिरामीको ज्यान बचाइरहेका युवा नेपाली चिकित्सक
-
वीर र ट्रमालाई निर्देशन : यही हप्ताभित्र शुलभ फार्मेसी सञ्चालनमा ल्याउनू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण