केन्द्रीय समिति बैठकमा उपेन्द्रले आमन्त्रण नगरेको बाबुराम पक्षको गुनासो
अध्यक्ष उपेन्द्र यादवले बोलाएको केन्द्रीय समिति बैठकमा सङ्घीय परिषद्का अध्यक्ष बाबुराम पक्षधर भने अनभिज्ञ रहेका छन् ।
आगामी २७–२८ असारमा बोलाइएको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा असन्तुष्ट भट्टराई पक्षधर भने अनभिज्ञ रहेका छन् । ‘केन्द्रीय समितिको बैठक बोलाइयो भन्ने सुनेको छु तर अहिलेसम्म खबर आएको छैन,’ सांसदसमेत रहेकी केन्द्रीय समिति सदस्य अमृता अग्रहरीले भनिन्, ‘उपेन्द्रजीले संसदीय दलको बैठक बोलाउँदा होस वा पार्टीको छलफल चलाउँदा होस कसैलाई बोलाउने कसैलाई नबोलाउने गर्दै आउनुभएको थियो, अहिले पनि यही होला भनेर बुझौँ ।’
इमेल, मोबाइल म्यासेजमार्फत बैठकको जानकारी गराउँदै आउने चलन भए पनि अहिलेसम्म भट्टराई पक्षधरका नेताहरूले बैठकका बारेमा सूचना नपाए पछि यादव पक्षधर नेताहरूसँग चासो व्यक्त गरिरहेका छन् ।
उता, यादव पक्षधर नेता मनिष सुमनले भने बैठक बारे इमेल आएको जानकारी दिए । ‘मलाई चाहिँ बैठकमा उपस्थित हुनका लागि इमेल आएको थियो तर केही साथीहरूले कुनै खबर पाइएन भनिरहनु भएको छ, सायद बैठक आउन अझै केही दिन बाँकी रहेकाले पनि खबर आउन ढिलाइ भएको होला’ सुमनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण