शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

पातारासीको बागजाले पाटनमा परेको चट्याङले ८० भेडा मरे, ३ सय हराए

शनिबार, १८ असार २०७९, १५ : ४९
शनिबार, १८ असार २०७९

पातारासी गाउँपालिकाको बागजाले भन्ने पाटनमा परेको चट्याङले पाँच जना कृषकका ८० भेडा मरेका छन् भने ३ सय भेडा हराएका छन् । शुक्रबार दिउँसो ३ बजेतिर बागजाले भन्ने ठाउँमा परेको चट्याङमा गाउपालिका-४ लुम निवासी ५ जना कृषकका भेडाका परेका हुन् । 

अप्ठ्यारो भीर भएकाले खोजतलास गर्ने कठिनाइ भएको पातारासी गाउँपालिका अन्तर्गतको पशु शाखाका प्राविधिक हरि कामीले बताए । प्रहरी चौकी डिल्लिचौर प्रमुख बद्री साउदका अनुसार जोरा रोकाया, राम बहादुर रेउले, शंकर नेपाली, धर्म रेउले र मानबहादुर रोकायाको भेडा चट्याङमा परेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप