काठमाडौं उपत्यकामा एकै दिन २ हजार ४२ जना सवारी चालकमाथि कारबाही
आइतबार, १९ असार २०७९, १० : ३७
ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकै दिन २ हजार ४२ जना सवारी चालकलाई कारबाही गरेको छ । उपत्यकाको विभिन्न स्थानमा ट्राफिक नियम उल्लङ्घन गरेका कारण उनीहरूलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने २३३ जना, फुटपाथमा पार्किङ गर्ने १०७ जना, तीव्र गतिमा सवारी साधन चलाउने ९५ जना, जथाभाबी यात्रु चढाउने तथा ओराल्ने ६३ जना र लेन उल्लङ्घन गर्ने ५० जना रहेका छन् ।
यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ५७ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ४९ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने २१ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २१ जना चालकहरूलाई पनि कारबाही गरिएको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण