प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद बैठक

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । देउवाले मंगलबार दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बैठक बोलाएका हुन् ।
सोमबार मन्त्रिपरिषदको नियमित बैठक बस्ने भएपनि मन्त्री हेरफेरका कारण स्थगित भएको थियो । सोमबार जसपाबाट कृषि तथा पशुपन्छी मन्त्रीमा मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्रीमा प्रदीप यादव नियुक्त भएका थिए ।
यसअघि जसपाबाट कृषि मन्त्रीमा महिन्द्रराय यादव, भौतिक पूर्वाधार मन्त्रीमा रेणुकुमारी यादव र वन तथा वातावरण मन्त्रीमा रामसहायप्रसाद यादव थिए। सोमबार नयाँ मन्त्रीहरुको सपथ ग्रहण र कार्यभार सम्हाल्ने कार्यक्रम हुँदा मन्त्रिपरिषद बैठक बस्न सकेको थिएन । मंगलबार नयाँ मन्त्रीसहित मन्त्रिपरिषद बैठक बस्न लागेको सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नटिङ्घम फरेष्टका नाइजेरियन स्ट्राइकर कोमामा
-
६ घण्टापछि नियन्त्रणमा आयो मखन टोलको आगलागी, एक जनाकाे मृत्यु (तस्बिरहरू)
-
सगरमाथा संवादमा होला त जलवायु लगानीको जोहो ?
-
गाजाको अस्पतालमा इजरायली आक्रमण : २८ जनाको मृत्यु, दर्जनौँ घाइते
-
मखन टोलको आगलागी अझै नियन्त्रणमा आएन, एक जनाको मृत्यु (तस्बिरहरू)
-
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु