बालेनले ‘नेपहपको श्रीपेच’ का विजेतालाई लगाइदिएको मुकुट फिर्ता
मङ्गलबार, २१ असार २०७९, १६ : २५
र्‍याप ब्याटल टिभी रियालिटी शो ‘नेपहपको श्रीपेच’ का विजेताको मुकुट फिर्ता गरिएको छ । मुकुटको विषयमा विवाद बढेपछि निर्णायक बालेन साह र विजेता भाइबर साइमनले बौद्ध धर्मगुरुलाई मुकुट फिर्ता गरेका हुन् । मुकुट फिर्ता गरिएको शोका निर्देशक निकेश खड्काले जानकारी दिए ।
‘मुकुटको बिषयमा हामीलाई केही जानकारी थिएन । त्यसको बिषयमा जानकारी भएपछि हामीले गल्ती स्वीकार्दै फिर्ता गरेका हौ’ निर्देशक खड्काले भने । विजेता भाइबर साइमनलाई निर्णायक समेत रहेका काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले मुकुट लगाइदिएका थिए ।
संस्कृति तथा सम्पदा अभियन्ताहरुले यो मुकुट बज्रयान बुद्ध धर्मअनुसार गुरुबाट बज्राचार्य अभिषेक पाएपछि मात्र लगाउन मिल्ने भन्दै विरोध गरेपछि मुकुट विवादमा तानिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
-
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढेको महासंघको आरोप
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण