काठमाडौं उपत्यकामा एकै दिन २ हजार बढी सवारी चालकमाथि कारबाही
ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकै दिन २ हजार ३८१ जना सवारी चालकलाई कारबाही गरेको छ ।
उपत्यकाको विभिन्न स्थानमा ट्राफिक नियम उल्लङ्घन गरेका कारण उनीहरूलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कारबाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १२३ जना, लेन उल्लङ्घन गर्ने १३६ जना, मदिरा पिएर सवारी साधन चलाउने १२३ जना, जथाभाबी यात्रु चढाउने तथा ओराल्ने ६५ जना, तीव्र गतिमा सवारी साधन चलाउने ६४ जना, ढोका खुल्लै राखेर सवारी चलाउने ७७ जना रहेका छन् ।
रातो बत्तीको उल्लङ्घन गर्ने ४८ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने २० जना र क्षमता भन्दा बढी यात्रु राख्ने ३१ जना चालकलाई पनि कारबाही गरिएको कार्यालयले जनाएको छ ।
रेड लाइट, लेन र मदिरा सेवनको कारबाहीमा परेका ३४४ जना चालकलाई ट्राफिक प्रहरीले हिजो काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सचेतना कक्षामा सहभागी गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण