विभूषण समिति सदस्यबाट मदनदासलाई हटाएर शम्भुजीतलाई ल्याइयो
बिहीबार, २३ असार २०७९, ०८ : ३०
विभूषण समितिको सदस्यबाट वरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई हटाएर उनको ठाउँमा संगीतकार शम्भुजीत बास्कोटालाई ल्याइएको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त जानकारी दिएका हुन् ।
समितिका अन्य सदस्यलाई भने यथावत राखिएको प्रवक्ता कार्कीले बताए ।
विभूषण समितिमा मन्त्रिपरिषद्का वरिष्ठ मन्त्री अध्यक्ष, गृहमन्त्री सदस्य, राष्ट्रिय जीवनमा उल्लेखनीय व्यक्तिहरु मध्येबाट समावेशी सिद्धान्तको आधारमा मन्त्रिपरिषद्ले तोकेको महिलासहित ६ जना सदस्य रहने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
उपभोक्तालाई निर्बाध इन्टरनेट सेवा उपलब्ध नगराए हदैसम्मको कारबाही हुन्छ : दूरसञ्चार प्राधिकरण
-
वैशाख ३१ मा बागमती प्रदेश अधिवेशन बोलाउन दलहरू सहमत
-
आप्रवासन विभागको सदस्यमा देउवाले गरे १० जना मनोनीत
-
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन मन्त्रालयकाे अपिल
-
सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने