बालकोट पुगेका बालेन्द्रलाई ओलीले दिए तबला उपहार
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले तबला उपहार दिएका छन् । बुधबार साँझ बालकोट पुगेका मेयर शाहलाई पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले तबला उपहार दिएका हुन् । भेटवार्तापछि ओलीले बालेनलाई तबला उपहार दिएको एमाले नेता कर्णबहादुर थापाले बताएका छन्।
ओली र बालेनबीच काठमाडौं महानगरको समग्र विकासका बारेमा छलफल भएको बताइन्छ । बालेनले यसअघि महानगरमा आफ्नो जित सुनिश्चित भएपछि ओलीलाई बालकोट नै पुगेर भेटेका थिए ।
बुधबार बिहान मात्रै एमालेबाट मेयरका प्रत्यासी केशव स्थापितलाई भेट्न बालेन उनकै निवास पुगेका थिए । केही दिनअघि काँग्रेसबाट मेयरमा उम्मेदवार बनेकी सिर्जना सिंहसँग पनि बालेनले भेटवार्ता गरेका थिए । बालेन सिर्जना सिंहलाई भेट्न उनको निवास चाक्सीबारी पुगेका थिए ।
उनले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई लगायतसँग पनि भेटवार्ता गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी
-
अस्ट्रेलियाविरुद्ध इजिप्टको ऐतिहासिक जित प्यालेस्टाइनलाई समर्पित गरे
-
रोटरी नेपाल-भुटानको गभर्नरमा कार्कीले सम्हाले पदभार
-
विश्वकपमा चम्किएका भोजिन्हा, क्लबविहीन गोलरक्षक बने विश्वभर चर्चित
-
अन्तर्राष्ट्रिय सम्बन्ध उतार चढावमै बित्यो सरकारको १०० दिन
-
सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण