श्रीलंकाको यात्रा नगर्न यी देशले गरे आफ्ना नागरिकलाई अनुरोध
बेलायत, सिंगापुर र बहराइनले आफ्ना नागरिकहरूलाई श्रीलंकाको गैर–आवश्यक यात्रा नगर्न आग्रह गरेका छन् । अभूतपूर्व आर्थिक संकटबीच देशमा ठूलो विरोध प्रदर्शन भइरहेका बेला ती देशले अत्यावश्यक अवस्थामा बाहेक श्रीलंकाको भ्रमण नगर्न आफ्ना नागरिकलाई अनुरोध गरेका हुन् ।
श्रीलंकाले गम्भीर आर्थिक संकट सामना गरिरहेको छ, जसले गर्दा औषधि, खाना पकाउने ग्यास, इन्धन र खाद्यान्नलगायतका आधारभूत आवश्यकताको अभाव छ ।
प्रदर्शनकारीले कार्यबहाक राष्ट्रपति रनिल विक्रमासिंघेको पनि राजीनामा माग गर्दै विशाल प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका क्रममा प्रहरीसँगको झडपमा एक विद्यार्थीको मृत्यु भएको छ । केही प्रदर्शनकारी प्रहरीको घेरा तोडेर प्रधानमन्त्रीको निवासमा पुगेका थिए । तर, प्रधानमन्त्री निवासमा छैनन् ।
बुधबार माल्दिभ्स भागेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे आज सिंगापुर जाने तयारीमा छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
-
भाइरल भिडियोपछि रास्वपा सांसद बब्लु गुप्ताद्वारा क्षमायाचना
-
रास्वपाका सांसद पौडेलमाथि मसी प्रहार
-
‘मन्त्रीहरू फेरेरमात्र समस्या समाधान नहुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण