गुल्मीमा चट्याङ्ग लागेर २ को मृत्यु, तीन गम्भीर घाइते
मङ्गलबार, १३ असार २०७४, २१ : ३१
गुल्मी– गुल्मीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । चट्याङ लागेर अर्का एक जना अचेत छन् भने ४ जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा मालिका गाउँपालिका वडा नम्वर ५ साविकको छापाहिले गाविसका २७ वर्षीय प्रदीप थापा, धुर्कोट गाउँपालिका ६ धुर्कोटरजस्थलका ११ वर्षीय कमल थापा रहेका छन् ।
त्यस्तै, मदाने गाउँपालिका ३, सिसर्नेका २९ वर्षीय तुल्सीराम अर्याललाई स्थानीयले मृत्यु भएको भनि सूचना प्रवाह गरे पनि प्रहरीले त्यसको पुष्टी गरेको छैन । चट्याङ्ग लागेर सोही गाउँका ३४ वर्षीय झविन्द्र पौड्याल र २४ वर्षीय पदम भट्टराई , ४४ वर्षीय राजु घर्ति गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
सोमबार चट्याङ्ग लागेर घाइते एक जनालाई भने पाल्पा रेफर गरिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण