कोरोनाका कारण कारागारमा एक जनाको मृत्यु
विराटनगरस्थित जिल्ला कारागारमा कोरोना सङ्क्रमण फैलिएको छ। ज्वरो आएका कैदीबन्दीमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको र अन्यको पनि एन्टिजेन परीक्षणमा रिपोर्ट पोजेटिभ आएसँगै कोरोना भाइरस पुष्टि भएको कारागार प्रशासनले जनाएको छ।
कारागारका कैदीबन्दीमा एक साताअघि ज्वरोका बिरामी भेटिएका थिए। त्यसपछि फैलन सुरु भएको ज्वरोले अहिले प्रकोपकै रूप लिएको छ । ज्वरो अत्यधिक आएपछि कोसी अस्पतालमा भर्ना गरिएकामध्ये मोरङको सुन्दरहरैचा नगरपालिका-४ घर भएका कैदीबन्दी ३९ वर्षीय नीरबहादुर नेपालको मृत्यु भइसकेको छ। ज्यान मार्ने उद्योग मुद्दामा कैद सजाय भुक्तान गरिरहेका उनलाई १०४ डिग्री ज्वरो आएपछि बिहीबार दिउँसो उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।
आइसियुमा राखेर उपचार भइरहेकामा दिउँसो पौने ३ बजेतिर मृत्यु भएको कारागारका निमित्त जेलर तुलसीराम भगतले बताए। कोरोना परीक्षण नगरिकन शव परिवारका सदस्यले बिहीबार नै बुझेर लगिसकेका छन् । मृतक नेपाल अन्य रोगको बिरामीसमेत रहेकाले नियमित औषधि सेवन गरिरहेका थिए। आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानद्वारा खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह सुरु
-
नेपाल–चीन सम्बन्ध सुदृढ बनाउन चिनियाँ राजदूतका चार प्रस्ताव
-
‘विकासको अन्तिम मापन नागरिकको जीवनस्तरमा आउने सुधारले मात्र हुन्छ’
-
शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल
-
सीपीसी र रास्वपाको विचारधारा फरक भए पनि मूल लक्ष्य जनहित र राष्ट्रिय प्रगति नै हो : महामन्त्री आचार्य
-
‘नेपाललाई भू-जडित मुलुक बनाउन बीआरआई आयोजनालाई तीव्र पार्नुपर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण