१८ अंकले बढ्यो नेप्से, कारोबार एक अर्बमा सीमित
सोमबार सेयर बजार परिसूचक नेप्सेमा १८ अंकको सुधार आएको छ । अघिल्लो दिन १.९३ अंकले बढ्दै २ हजार ११.३९ अंकमा अडिएको नेप्सेमा आज थप १८.०३ अंकले बढ्दै २ हजार २९.४३ अंकमा उक्लिएको हो ।
यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत २.८३ अंकले बढ्दै ३८८.७६ अंकमा उक्लिएको छ ।
१८ अंकले बढेको बजारमा आज म्युचुअल फन्ड बाहेकका सबै उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी आज होटल तथा पर्यटन समूहको उपसूचक ४.९३ प्रतिशतले बढेको छ भने, इनभेष्टमेन्ट समूह १.६८ प्रतिशतले, फाइनान्स समूह १.४३ प्रतिशतले, निर्जीवन बीमा समूह १.३६ प्रतिशतले, जीवन बीमा समूह १.२१ प्रतिशतले, हाइड्रोवापर समूह १.१६ प्रतिशतले बढेको छ ।
यस्तै, डेभलपमेन्ट बैंक समूहको उपसूचक ०.९१ प्रतिशतले बढेको छ भने म्यानु एण्ड प्रो ०.७३ प्रतिशतले, माइक्रोफाइनान्स समूह ०.६८ प्रतिशतले, बैंकिङ समूह ०.१५ प्रतिशतले बढेका छन् ।
यस दिन कुल १ अर्ब ३१ करोड २९ लाख रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण