बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

बेलायतको प्रधानमन्त्री बन्ने रेसमा अझै ऋषि नै अगाडि

मङ्गलबार, ०३ साउन २०७९, ०९ : १२
मङ्गलबार, ०३ साउन २०७९

बेलायतको प्रधानमन्त्री तथा कन्जरभेटिभ पार्टीको नेताको दौडमा ऋषि सुनाक सबैभन्दा अघि रहेका छन् । सोमबार कन्जरभेटिभ पार्टीको नयाँ नेता चुन्नका लागि सांसदहरूबीच भएको तेस्रो चरणको मतदानमा पनि उनी पहिलो स्थानमा रहन सफल भएका हुन् ।

उता सांसद टम टुगेंडहट भने यो रेसबाट बाहिरिएका छन् । पूर्व अर्थमन्त्री ऋषि सुनाकसँगै दोस्रो नम्बरमा वाणिज्य मन्त्री पेनी मोर्डेंट, तेस्रो स्थानमा विदेश मन्त्री लिज ट्रस र चौथो नम्बरमा केमी बडेनोच रहेका छन् । मंगलबार बाँकी चार उम्मेदवारबीच फेरि मतदान हुनेछ । अन्तिम दुई उम्मेदवार बाँकी रहेसम्म यो मतदान प्रक्रिया चलिरहनेछ ।

जुलाई २१ सम्म यो प्रक्रिया चल्ने सम्भावना रहेको छ । अन्त्यमा कन्जरभेटिभ पार्टीका सदस्यहरूले पोस्टल भोटमार्फत नयाँ नेता चुन्नेछन् । विजयी उम्मेदवारले पार्टीको नेताको साथै प्रधानमन्त्री पद पनि सम्हाल्नेछन् । नयाँ प्रधानमन्त्रीको घोषणा ५ सेप्टेम्बरमा हुनेछ ।
बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप