बेलायतको प्रधानमन्त्री बन्ने रेसमा अझै ऋषि नै अगाडि
बेलायतको प्रधानमन्त्री तथा कन्जरभेटिभ पार्टीको नेताको दौडमा ऋषि सुनाक सबैभन्दा अघि रहेका छन् । सोमबार कन्जरभेटिभ पार्टीको नयाँ नेता चुन्नका लागि सांसदहरूबीच भएको तेस्रो चरणको मतदानमा पनि उनी पहिलो स्थानमा रहन सफल भएका हुन् ।
उता सांसद टम टुगेंडहट भने यो रेसबाट बाहिरिएका छन् । पूर्व अर्थमन्त्री ऋषि सुनाकसँगै दोस्रो नम्बरमा वाणिज्य मन्त्री पेनी मोर्डेंट, तेस्रो स्थानमा विदेश मन्त्री लिज ट्रस र चौथो नम्बरमा केमी बडेनोच रहेका छन् । मंगलबार बाँकी चार उम्मेदवारबीच फेरि मतदान हुनेछ । अन्तिम दुई उम्मेदवार बाँकी रहेसम्म यो मतदान प्रक्रिया चलिरहनेछ ।
जुलाई २१ सम्म यो प्रक्रिया चल्ने सम्भावना रहेको छ । अन्त्यमा कन्जरभेटिभ पार्टीका सदस्यहरूले पोस्टल भोटमार्फत नयाँ नेता चुन्नेछन् । विजयी उम्मेदवारले पार्टीको नेताको साथै प्रधानमन्त्री पद पनि सम्हाल्नेछन् । नयाँ प्रधानमन्त्रीको घोषणा ५ सेप्टेम्बरमा हुनेछ ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण