घट्यो सुनको मूल्य, चाँदीको पनि ओरालो
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले र चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको हो । यससँगै, सुनको मूल्य प्रतितोला ९३ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ थियो ।
महासंघका अनुसार हिजो सुनको मूल्यमा प्रतितोला ४०० रुपैयाँको वृद्धि आएको थियो । साताको पहिलो कारोबार दिन आइतबार तोलामा ९३ हजार ६०० रुपैयाँ रहेको सुनको मूल्य हिजो उकालो लागेको थियो ।
यसैगरी, सुनको मूल्य घटेको दिन चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको हो । यससँगै, आज चाँदीको मूल्य प्रतितोला ११ सय ६० रुपैयाँ कायम भएको छ । जुन, हिजो सोमबार ११ सय ६५ रुपैयाँ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गालीमा हिरो’ बन्यो सरकार, सुशासनको नाममा आतंक सिर्जना गर्यो : पन्त
-
हान पदाधिकारीलाई प्रधानमन्त्रीले भने– अब चिन्ता अन्त्य हुन्छ
-
बृहत्तर हेटौँडा अवधारणाअनुसार राजधानी विकास गरिने
-
निःशुल्क प्रवेशको विरोधमा विवाह मण्डप र सङ्ग्रहालय बन्द
-
देखिने शासक असफल भएपछि ‘डिप स्टेट’ सक्रिय भयो : सुवेदी
-
एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण