धोकेबाज भन्नेहरुलाई रणबीर कपुरको जवाफ
बलिउड अभिनेता रणबीर कपुर भलै आज आलिया भट्टसँग सुखद वैवाहिक जीवन व्यतित गरिरहेका छन् । तर एक समय यस्तो थियो जब रणबीरको क्यासानोभाको छवि थियो । विशेषगरी जब कफी विद करणमा सोनम कपुर र दीपिका पादुकोणले रणबीरको छविमा ठट्टा गरेका थिए । यो शो पछि रणबीरको क्यासानोभा र चिटरको इमेज बन्यो । रणबीरले अब उनलाई धोकेबाज भन्नेहरुलाई प्रतिक्रिया दिएका छन् ।
रणबीर कपुरले मुख खोले
बलिउड बबलसँगको कुराकानीमा रणबीर कपुरले वर्षौंपछि यसबारे आफ्नो मुख खोल्दै उनको कहानी सुन्न कसैले पनि वास्ता नगरेको बताए । रणबीरले भने, ‘ठिक छ, मलाई हल्कामा लिनुहोस्, यसले मलाई केही फरक पार्दैन । म आफ्नो जीवनलाई प्रेम गर्छु । आफ्नो कामलाई प्रेम गर्छु । आफ्नो परिवारलाई माया गर्छु । मेरो जीवनमा जे जति कुराहरु छन्, त्यसका लागि म अत्यन्त आभारी छु ।’
धोकेबाज भन्नेहरुलाई रणबीरको जवाफ
रणबीरले भने, ‘म अभिनेता हुँ । मानिसहरुले मेराबारे जे पनि भन्न सक्छन् । उनीहरुले मेराबारे राम्रो कुरा भन्न सक्छन् । उनीहरुले खराब कुरा पनि भन्न सक्छन् तर उनीहरुलाई मेरो फिल्म मनपर्छ कि पर्दैन भन्ने कुराले चाहिँ मलाई फरक पर्छ । त्यसैले मेरो ध्यान मेरो काममा केन्द्रीत छ । म आफ्नो ऊर्जा राम्रो फिल्म बनाउनमा खर्च गर्नेछु । मेरा बारे कसैले बकवास गरिरहेको छ, केही नराम्रो भनिरहेको छ भने, त्यसले मलाई केही फरक पर्दैन । यस्ता कुरा सुनेर मेरो रगत तात्दैन ।’
‘यदि कुनै नकारात्मक कुरा मसम्म आइपुगिहाल्यो भने पनि म त्यसलाई निकै हल्का रुपमा लिन्छु । मेरा बारे धेरै कुरा भनिएको छ । म क्यासानोभा र धोकेबाजको पोस्टर बोय बनेँ । मानिसहरुले कसैको धारणा, कसैको विचार सुने । उनीहरुले मेरो पाटो सुनेनन् । मलाई लाग्दैन कि उनीहरुले कहिल्यै मेरो पक्ष सुन्नेछन् । कुनै कुरा होइन । म यहाँ अभिनेता बन्न आएको हुँ । बस् यति मात्रै चाहन्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुर महानगरपालिकाद्वारा एक दिने सीप तथा रोजगार मेला आयोजना
-
मधेसको जनादेश र रास्वपाको दस्तावेज मेल खाएन : सुदन किराती
-
दर्ता नभएका क्रसर बन्द गर्न निर्देशन
-
रञ्जु दर्शनाले पनि गरिन् विपिनलाई समर्थन
-
खरिपाटी होल्डिङ सेन्टरका सुकुमबासीको आक्रोश– हामी गोली थाप्छौँ, तर होल्डिङ सेन्टर छोड्दैनौँ
-
आँधीले जापानमा उडान प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण