बाँदरले छतबाट खसाल्दा चार महिने शिशुको मृत्यु
भारतमा बाँदरको आक्रमणमा एक शिशुको मृत्यु भएको छ । भारतको उत्तर प्रदेशको बरेली जिल्लाको डन्का गाउँमा बाँदरको एउटा समूहले बालकलाई समातेर तीन तले भवनबाट फ्याँकेपछि चार महिनाका शिशुको मृत्यु भएको हो ।
रिपोर्ट अनुसार, शिशुलाई काखमा लिएर बाबु र आमा बार्दलीमा टहलिरहेका थिए । तर, एक्कासी कुख्यात बाँदरको समूह छतमा आएर आमाबुबामाथि आक्रमण गरेको थियो ।
बाँदरको हुलले आक्रमण गर्न थालेपछि बाबु निर्देश उपाध्याय श्रीमतीसँगै सिँढीमा दौडने प्रयास गर्दा सन्तुलन गुमाए र बच्चा हातबाट खसाले । त्यही बेला बाँदरहरूले बच्चा खोसेर त्यहाँबाट भागेका थिए ।
बच्चा गुमाएपछि बाबुले चिच्याएर रोए तर परिवारका सदस्यहरूले सहयोगका लागि आउनुअघि बाँदरले बार्दलीबाट तल भुइँमा खसालिदिएको थियो । शिशुको घटनास्थलमै मृत्यु भएको थियो । बाँदरले परिवारका अन्य सदस्यलाई पनि हमला गरेको थियो ।
घटना यतिसम्म हृदय विदारक थियो कि सोही दिन परिवारले सानो बच्चाको नाम राख्ने कार्यक्रम आयोजना गर्दै थियो । नाम राख्न नपाउँदै शिशुको निधन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण