बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

बाँदरले छतबाट खसाल्दा चार महिने शिशुको मृत्यु

बुधबार, ०४ साउन २०७९, ०८ : २०
बुधबार, ०४ साउन २०७९

भारतमा बाँदरको आक्रमणमा एक शिशुको मृत्यु भएको छ । भारतको उत्तर प्रदेशको बरेली जिल्लाको डन्का गाउँमा बाँदरको एउटा समूहले बालकलाई समातेर तीन तले भवनबाट फ्याँकेपछि चार महिनाका  शिशुको मृत्यु भएको हो ।

रिपोर्ट अनुसार, शिशुलाई काखमा लिएर बाबु र आमा बार्दलीमा टहलिरहेका थिए । तर, एक्कासी कुख्यात बाँदरको समूह छतमा आएर आमाबुबामाथि आक्रमण गरेको थियो ।

बाँदरको हुलले आक्रमण गर्न थालेपछि बाबु निर्देश उपाध्याय श्रीमतीसँगै सिँढीमा दौडने प्रयास गर्दा सन्तुलन गुमाए र बच्चा हातबाट खसाले । त्यही बेला बाँदरहरूले बच्चा खोसेर त्यहाँबाट भागेका थिए । 

बच्चा गुमाएपछि बाबुले चिच्याएर रोए तर परिवारका सदस्यहरूले सहयोगका लागि आउनुअघि बाँदरले बार्दलीबाट तल भुइँमा खसालिदिएको थियो । शिशुको घटनास्थलमै मृत्यु भएको थियो । बाँदरले परिवारका अन्य सदस्यलाई पनि हमला गरेको थियो । 

घटना यतिसम्म हृदय विदारक थियो कि सोही दिन परिवारले सानो बच्चाको नाम राख्ने कार्यक्रम आयोजना गर्दै थियो । नाम राख्न नपाउँदै शिशुको निधन भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप