संसदीय समितिलाई बयान दिन पूर्वअर्थमन्त्री शर्मा सिंहदरबारमा
बिहीबार, ०५ साउन २०७९, ०८ : ४५

संसदीय विशेष छानबिन समितिको बैठक सुरु भएको छ । बैठकमा पूर्वअर्थमन्त्री जनार्दन शर्मा पनि सहभागी भएका छन् । समितिका ११ जना नै सदस्यहरु नै बैठकमा उपस्थित भएका छन् । आजको बैठकमा पूर्वमन्त्री शर्मासँग बयान लिइनेछ।
यसअघि बुधबार अर्थमन्त्रालयमा बाह्य व्यक्तिको प्रवेशका बारेमा समाचार लेख्ने दुई पत्रकारसँग छलफल समितिले छलफल गरेको थियो । तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्तिलाई मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेको छ । उक्त आरोपबारे छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन भएको थियो ।
आज समिति गठन गरिएको १० दिन पूरा भएको छ । समितिले छानबिनका लागि समय अपुग भएको भन्दै सात दिन म्याद थप गर्नका लागि सभामुखसँग आग्रह गर्ने तयारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुर अस्पताल देशभरकै उत्कृष्ट
-
जनता नै इतिहासका निर्माता हुन्, राजावादीहरूले बुझून्
-
गण्डकीको ‘राइड सेयरिङ’को विरोधमा सुदूरपश्चिमका यातायात व्यवसायी
-
समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष पक्राउ
-
मंगलबार संघीय निजामती सेवा विधेयक पेस गर्ने तयारी
-
भोलिदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बस्ने यातायात व्यवसायीको घोषणा