शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

एनआईसी एशिया बैंकको नाफा ३८.८६ प्रतिशतले वृद्धि

बिहीबार, ०५ साउन २०७९, १२ : ०८
बिहीबार, ०५ साउन २०७९

एनआईसी एशिया बैंकको नाफामा आकर्षक वृद्धि भएको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको अन्तसम्ममा ३८.८६ प्रतिशतले नाफा वृद्धि गर्दै ४ अर्ब ५२ करोड ५४ लाख रुपैयाँ कमाएको हो । अघिल्लो वर्ष बैंकले ३ अर्ब २५ करोड १० लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

समीक्षा अवधिमा बैंकले २७.५८ प्रतिशत खुद ब्याज आम्दानी वृद्धि गर्दै ११ अर्ब ७७ करोड २१ लाख ८७ हजार रुपैयाँ कमाएको छ । अघिल्लो वर्ष बैंकले ९ अर्ब २२ करोड ७५ लाख २ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस्तै, सञ्चालन नाफा तर्फ समीक्षा अवधिमा बैंकले कुल ६ अर्ब ४० करोड ९९ लाख ४१ हजार रुपैयाँ कमाएको छ । यस वर्ष बैंकले वितरणयोग्य नाफामा १६.९० प्रतिशतले वृद्धि गर्दै २ अर्ब २४ करोड ६४ लाख ३८ हजार रुपैयाँ पु¥याएको छ । अघिल्लो वर्ष यसको वितरणयोग्य मुनाफा १ अर्ब ९२ करोड १७ लाख २ हजार रुपैयाँ रहेको थियो । 

आर्थिक वर्षको अन्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ३९ रुपैयाँ १३ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ (एनपीएस) २१७ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ०.५ प्रतिशतले रहेको बैकको नन् पर्फमिङ लोन (एनपीएल) यस वर्ष ०.४९ रहेको रिपोर्टले देखाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप