एनआईसी एशिया बैंकको नाफा ३८.८६ प्रतिशतले वृद्धि
एनआईसी एशिया बैंकको नाफामा आकर्षक वृद्धि भएको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको अन्तसम्ममा ३८.८६ प्रतिशतले नाफा वृद्धि गर्दै ४ अर्ब ५२ करोड ५४ लाख रुपैयाँ कमाएको हो । अघिल्लो वर्ष बैंकले ३ अर्ब २५ करोड १० लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकले २७.५८ प्रतिशत खुद ब्याज आम्दानी वृद्धि गर्दै ११ अर्ब ७७ करोड २१ लाख ८७ हजार रुपैयाँ कमाएको छ । अघिल्लो वर्ष बैंकले ९ अर्ब २२ करोड ७५ लाख २ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
यस्तै, सञ्चालन नाफा तर्फ समीक्षा अवधिमा बैंकले कुल ६ अर्ब ४० करोड ९९ लाख ४१ हजार रुपैयाँ कमाएको छ । यस वर्ष बैंकले वितरणयोग्य नाफामा १६.९० प्रतिशतले वृद्धि गर्दै २ अर्ब २४ करोड ६४ लाख ३८ हजार रुपैयाँ पु¥याएको छ । अघिल्लो वर्ष यसको वितरणयोग्य मुनाफा १ अर्ब ९२ करोड १७ लाख २ हजार रुपैयाँ रहेको थियो ।
आर्थिक वर्षको अन्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ३९ रुपैयाँ १३ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ (एनपीएस) २१७ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ०.५ प्रतिशतले रहेको बैकको नन् पर्फमिङ लोन (एनपीएल) यस वर्ष ०.४९ रहेको रिपोर्टले देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण