स्थानीय तहमा एकीकृत समाजवादीको एक सिट बढ्यो
बिहीबार, ०५ साउन २०७९, १७ : ३८
नेकपा एकीकृत समाजवादीको स्थानीय तहमा एक सिट बढेको छ । स्वतन्त्रबाट उम्मेदवार उठेर मेयर जितेका कालिकोटको खाँडाचक्र नगरपालिकाका मेयर कमलबहादुर शाही एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।
उनलाई बिहीबार काठमाडौंमा आयोजित जनप्रतिनिधिको अभिमुखीकरण कार्यक्रममा अध्यक्ष माधव कुमार नेपालले पार्टीमा स्वागत गरेका छन् । उनले नेकपा माओवादी र एकीकृत समाजवादीको समर्थनमा चुनाव जितेका थिए । रातोपाटीसँग कुरा गर्दै मेयर शाहीले भने,‘म पहिला देखिनै एसमै हो। म अहिले पनि कार्यक्रममै छु । अध्यक्ष ज्युले स्वागत गर्नुभएको हो । ’ उनी एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य समेत रहेका थिए ।
पार्टीकै नेताहरुको अगुवाईमा स्वतन्त्र उम्मेदवारी दिएका उनले २९१९ मत ल्याएर निर्वाचित भएका थिए । उनले एमालेका जसीप्रसाद पाण्डेलाई पराजित गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको आत्मदाहले राज्यलाई गिज्याइरहेको छ : कांग्रेस
-
माइतीघरमा प्रदर्शनपछि वीर अस्पतालतर्फ लागे प्रदर्शनकारी (तस्बिरहरू)
-
गणेश नेपालीको आत्मदाह प्रकरण : ३ जना महानगर प्रहरीसँग सोधपुछ
-
सदनमा उठ्यो गणेश नेपालीको आत्मदाहको विषय
-
लक्षण राम्रा छैनन्, प्रतिद्वन्द्विता बढाउने क्रम जारी छ : पूर्वगृहमन्त्री अर्याल
-
प्रतिनिधि सभामा विपक्षी दलहरूद्वारा उठेर विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण