गणेश नेपालीको आत्मदाह प्रकरण : ३ जना महानगर प्रहरीसँग सोधपुछ
सारांश
- काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडी आफैँलाई आगो लगाएका गणेश नेपालीको उपचारको क्रममा वीर अस्पतालमा मृत्यु भएको छ ।
- नगर प्रहरीसँगको विवाद पछि मुगुको सोरु गाउँपालिका वडा नम्बर–६ घर भएका २५ वर्षीय गणेशले आफ्नो मोटरसाइकलको पेट्रोल निकालेर आत्मदाह गरेका हुन् ।
- गणेशसँग विवाद गर्ने महिला प्रहरीसहित ३ जना नगर प्रहरीलाई प्रहरी वृत्त कालिमाटीले अनुसन्धानको लागि झिकाएको छ ।
काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडी आफैँलाई आगो लगाएका गणेश नेपालीको मृत्यु भएको छ । उपचारको क्रममा उनको वीर अस्पतालमा मृत्यु भएको हो । बिहीबार विभागको ३ नम्बर गेट अगाडी काठमाडौँ महानगरपालिबाट खटिएका महिला प्रहरीसँग मोटरसाइकल ‘ह्वील लक’ गरेको विषयमा विवाद भएको थियो ।
नगर प्रहरीसँगको विवाद पछि मुगुको सोरु गाउँपालिका वडा नम्बर–६ घर भएका गणेशले आफ्नो मोटरसाइकलको पेट्रोल निकालेर आत्मदाह गरेका हुन् । २५ वर्षीय गणेश नेपालीसँग विवाद गर्ने महिला प्रहरीसहित ३ जनालाई प्रहरी वृत्त कालिमाटीले अनुसन्धानको लागि झिकाएको छ । घटनास्थलमा रहेका ३ जना नगर प्रहरीलाई ‘घटना विवरण’ कागज गर्न बोलाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) पवन भट्टराईले रातोपाटीलाई बताए । उनले भने– ‘घटना विवरण कागज गर्न बोलाएका हौँ ।’
घटनास्थलमा दुई जना महिला र एक जना पुरुष नगर प्रहरी खटिएको थाहा भएको छ । प्रहरी स्रोतका अनुसार जवान महिलासँग राइड सेयरिङ एपमार्फत राइड गर्दै आएका गणेशको पार्किङ गरेको विषयमा विवाद भएको थियो । बा.प्र.०२–०६४ प ३२५० नम्बरको पल्सर मोटरसाइकलमा पार्किङ निषेधित क्षेत्रमा पार्किङ गरेपछि महानगर प्रहरीले ह्वील लक लगाएको थियो ।
पछि गणेशले प्रतिवाद गरेको भिडियो कुराकानीमा सुनिन्छ । अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना प्रहरी अधिकृतका अनुसार गणेशले सड्क भन्दा बाहिरतर्फ उँचो भागमा राख्दा पनि किन लक गरेको भनेर प्रश्न गरेका छन् । नगर प्रहरीलाई उनले आफ्नो मात्र मोटरसाइकलमा लगाएर अरूकोमा किन लक नलगाएको भनेर प्रश्न गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्ञानबहादुर शाहीको प्रश्न– काठमाडौँ अर्बपतिको मात्रै हो कि गरिबको पनि ?
-
संरक्षणको पर्खाइमा ‘सात तले’ गुफा
-
गणेश नेपालीहरू हेपिन तयार छैनन् : योगेश भट्टराई
-
प्रधानमन्त्री ढुंगाजस्तो मौन बस्न मिल्दैन, सीमाबारे स्पष्ट जवाफ चाहियो
-
पर्यटन बोर्डको पहलमा विशेष पर्वतारोहण तालिम सञ्चालन गर्न सम्झौतामा हस्ताक्षर
-
राज्य नै नागरिकको हत्या गर्न लाग्यो : ऐन महर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण