लक्षण राम्रा छैनन्, प्रतिद्वन्द्विता बढाउने क्रम जारी छ : पूर्वगृहमन्त्री अर्याल
सारांश
- पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालले सरकार सञ्चालनकर्ता स्वयंले कानुनी राज्य कसरी सञ्चालन गर्नुपर्छ भन्ने कुराको ज्ञान बुझ्नुपर्ने बताएका छन् ।
- उनले गणेश नेपाली प्रकरणलाई स्मरण गर्दै सरकारले नागरिकसँग सहकार्य गर्नुपर्नेमा प्रतिद्वन्द्वी बढाउने क्रम जारी रहेको बताएका छन् ।
- अर्यालले अहिले पनि लक्षणहरू राम्रा नदेखिएको र स्वर्गीय गणेश नेपाली तथा परिवारजनले न्याय पाउनुपर्नेमा जोड दिएका छन् ।
काठमाडौँ । पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालले कानुनी राज्य कसरी सञ्चालन गर्नुपर्छ भन्ने कुराको ज्ञान सरकार सञ्चालनकर्ता स्वयंले बुझ्नुपर्ने बताएका छन् ।
गणेश नेपाली प्रकरणलाई स्मरण गर्दै सामाजिक सञ्जालमा अर्यालले सरकारले नागरिकसँग सहकार्य गर्नुपर्नेमा प्रतिद्वन्द्वी बढाउने क्रम जारी रहेको बताएका छन् ।
‘फेरि पनि मुलुकलाई द्वन्द्व र अनिष्टको दुष्चक्रमा फसाउने गल्ती नहोस् । कानुनी राज्यमा नागरिकले मात्र होइन, सरकारले पनि विधि विधानको सही रूपमा पालना गर्नु पर्दछ’, अर्यालले भनेका छन्– ‘सबै विचारधारा, वर्ग समुदायहरूका नागरिकसँगको सहकार्यमा सत्य, निष्ठा र मानवताको आधारमा राज्य सञ्चालन हुनुपर्दछ ।’
सुशासनको मेरुदण्ड कानुनी शासन भएको भन्दै कानुनी शासन भएको देशमा आम नागरिकहरूलाई सास्ती नै सास्ती र सरकार सम्बद्ध व्यक्तिहरूलाई चाहिँ उन्मुक्ति नै उन्मुक्ति हुन नहुने बताएका छन् ।
‘अहिले पनि लक्षणहरू राम्रा देखिएका छैनन् । स्वर्गीय गणेश नेपाली र परिवारजनले न्याय पाउनुपर्छ’, अर्यालले लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हात्तिसुँडे–शिखरपुर–अम्वास सडक 'प्रदेश प्राथमिकता प्राप्त आयोजना' मा छनोट
-
एक चीन नीतिमा नेपाल दृढ छ : परराष्ट्र मन्त्रालय
-
असार २९ देखि राहदानीमा नयाँ प्रणाली: जुनसुकै जिल्लाबाट आवेदन दिन सकिने
-
महानगर प्रहरीले ‘ह्विल लक’ गर्ने, सवारी उठाउने नियम छ ?
-
‘असारे विकास’को लहरमा लुम्बिनीको बजेट खर्च ६७.१८ प्रतिशत
-
धनुषामा माछाको भुरा वितरणमा ७२ लाख भ्रष्टाचार : तत्कालीन कार्यालय प्रमुखसहित ४ जनाविरुद्ध मुद्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण