शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
संसद् बैठक

प्रतिनिधि सभामा विपक्षी दलहरूद्वारा उठेर विरोध

शुक्रबार, २६ असार २०८३, १३ : १८
शुक्रबार, २६ असार २०८३

सारांश

  • प्रतिनिधि सभाको बैठक सुरु हुनेबित्तिकै विपक्षी दलहरूले आ-आफ्नो स्थानबाट उठेर विरोध जनाएका छन् ।
  • नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू विरोधमा उत्रिएका थिए ।
  • सभामुख डोलप्रसाद अर्यालले कांग्रेस प्रमुख सचेतकलाई बोल्न समय दिएका छन् ।

काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा विपक्षीहरूले उठेर विरोध गरेका छन् । 

सिंहदरबारस्थित संसद् भवनमा सभामुख शुक्रबार डोलप्रसाद अर्यालले बैठक सुरु गर्ने बित्तिकै विपक्षी दलहरूले बैठकमा आ–आफ्नो स्थानबाट उठेर विरोध गरेका हुन् । 

नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर विरोध गरेका हुन् । अहिले सभामुख अर्यालले कांग्रेस प्रमुख सचेतक वासना थापालाई बोल्न समय दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप