आफूले अभिनय गरेको हलिउड फिल्मको प्रिमियरमा धोती लगाएर पुगे तमिल सुपरस्टार धनुष
तमिल फिल्म उद्योगका सुपरस्टार धनुष यतिबेला आफ्नो हलिउड प्रोजेक्ट ‘द ग्रे म्यान’ को प्रमोशनमा व्यस्त छन् । बुधबार साँझ मुम्बईमा सो फिल्मको प्रिमियर भएको थियो ।
प्रिमियरमा धनुष परम्परागत अवतारमा देखिए । हलिउड र भारतीय फिल्म उद्योगका नाम चलेको कलाकारहरुको उपस्थिति रहेको कार्यक्रममा धनुष सेतो शर्ट, परम्परागत धोती (जसलाई तमिल भाषामा भेश्ती भनिन्छ) र चप्पल लगाएर पुगेका थिए । प्रिमियरको एक भिडियोमा धनुष बलिउड अभिनेता विक्की कौशलसँग अँगालो मारेको देखिन्छ ।
भिडियोमा विक्कि टाई सुट प्यान्ट लगाएको देखिन्छन् भने धनुष धोतीमा । फिल्म ‘द ग्रे म्यान’को लण्डन प्रिमियरपछि भारतमा प्रिमियर गरिएको हो । शुक्रबारदेखि विश्वव्यापी रिलिज हुने नेटफ्लिक्सले निर्माण गरेका ‘द ग्रे म्यान’ मार्फत धनुषले हलिउड डेब्यु गर्दैछन् । फिल्म हलिउडका ठूला बजेटका फिल्म प्रोजेक्टमा जोडिने रसो दाजुभाई ः जो र एन्थोनी रस्सोले निर्देशन गरेका हुन् । मुम्बईको प्रिमियरमा निर्देशक द्वय पनि मुम्बई आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५ सयभन्दा बढी आप्रवासी बालबालिकालाई अमेरिकाबाट निकाल्दै छन् ट्रम्प
-
न्युयोर्कमा १० लाख भाडा–नियन्त्रित अपार्टमेन्टको भाडा यथावत्, मेयर मामदानीको चुनावी वाचा पूरा
-
एप्पलले बढायो म्याकबुक र आइप्याडको मूल्य
-
कविन्द्रले किन छाडे महामन्त्रीको दाबी ?
-
फ्राइडे रिलिज : प्रदर्शनमा ‘जाँड’
-
यू–१५ विश्वकपबाट रुसको फिफा प्रतियोगितामा पुनरागमनको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण